हाम्रो सहयोगीमा पुनः कृष्ण

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०८१
hamro sahayogi

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवं छैटांै अधिवेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिवमा मनोज रसाईली, कोषाध्यक्षमा श्रीजन श्रेष्ठ चयन भए ।

सदस्य शान्ता देवकोटा, हरिप्रसाद न्यौपाने, सूर्य श्रेष्ठ, बाबुराम आचार्य र रीता प्रधान चुनिए । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक गोकर्ण कार्की र सदस्य कृष्णबहादुर लम्साल र श्रीराम आचार्य चयन भए ।

यसअघि, सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्री कोइरालाले सहकारीलाई जीवन्त राख्न सञ्चालक, कर्मचारी, शेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

शेयर सदस्य धर्मराज पन्थीले सरकारले अहिले सहकारीलाई समस्या ग्रष्ट र समस्यामा परेका दुवै सहकारीलाई एउटै बाकसमा राख्दा समस्या देखिएको बताए । मादी ४ का वडाध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद सापकोटा, युवा व्यवसायी किसान सुनार, निवर्तमान अध्यक्ष शुक्रराज कँडेल, सल्लाहकार भोजबहादुर सुवेदीलगायतले बोलेका थिए ।

सो अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीले एसइई एवं विभिन्न तहको परीक्षामा उत्कृष्ट अंक लिएर पास हुनेलाई सम्मान गरियो । यस्तै, उत्कृष्ट बालबच्चातर्फ इशा पाण्डे, मोतिकला राई, सिमम तामाङ, कमला नेपाली उत्कृष्ट कारोबारीतर्फ कमला नेपाली, संहा शाह, धनकुमारी पोखरेल, उत्कृष्ट कर्मचारीतर्फ संस्थाका कर्जा व्यवस्थापक नारायण अधिकारी सम्मानित भए ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर विश्वकर्माको स्वागत र सचिव मनोज रसाईलीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width

trending post

ट्रेन्डिङ्ग