पोखरा । हिमालयन टुरिजम फोरम आयाजना भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा समूहगतमा नेपाली र व्यक्तिगत विधातर्फ चिनियाँ धावकले उपाधि जितेका छन् ।
५० किमीको च्यालेन्ज इन्डिभिजुअल रेस पुरुषतर्फ चिनियाँ धावक एङ ज्याङ जेन प्रथम भए । उनले निर्धारित दुरी ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा पार गरी उपाधि जितेका हुन् । नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो बने । नेपाल आर्मीका बस्नेतले उक्त दुरी ३ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरे । आर्मीकै होमलााल श्रेष्ठले ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । अन्तिम १० मा क्रमशः आर्मीका गोपाल तामाङ, तिलक सुनुवार, गोविन्द कार्की, एपिएफका राजेन्द्र तामाङ, कर्णाली क्लबका दलबहादुर कुँवर, आर्मीका गजेन्द्र राई र सुवास कार्की परे ।
५० किमी च्यालेन्ज इन्डिभिजुअल रेस महिलातर्फ चिनियाँ धावक झेङ वाङ रोङ विजेता बनिन् । उनले निर्धारित दुरी ४ घन्टा १४ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । नेपालकी कल्पना बुढा दोस्रो भइन् ।
उनले उक्त दुरी पूरा गर्न ४ घन्टा ५० मिनेट लगाइन् । नेपाल पुलिसकी राममाया बुढा तेस्रो भइन् । उनले ५ घण्टा ८ मिनेट १८ सेकेण्ड लगाइन् । सोही इभेन्टमा अन्तिम १० भित्र क्रमशः लाक्पा निङ्मा शेपा, मीनु बुढा, छोकी शेर्पा, नीतु तामाङ, आश्मा विक, यू वी क्यू र ज्ञानु चौधरी परेका छन् ।
उक्त विधामा पुरुष तथा महिला विजेताले १ लाख ५२ हजार ८ सय (८ हजार चिनिया युआन), दोस्रो हुनेले १ लाख १४ हजार ६ सय (६ हजार चिनिया युआन) र तेस्रोले ७६ हजार ४ सय (२ हजार चिनिया युआन) प्राप्त गरे । चौथोदेखि सातौँ हुने खेलाडीले ३८ हजार २ सय, आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीको लागि १९ हजार १ सय पुरस्कार पाए ।
टिम इभेन्टमा भने नेपाली खेलाडीहरु विजेता बनेका छन् । नेपाली टिम सुशीलकुमार शाही, सिर्जना पाण्डे र श्रीकश राई सम्मिलित टिमले ४ घन्टा २० मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर च्याम्पियन बने ।
नेपालकै टिम करन रावल, नरेन्द्रसिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घन्टा २२ मिनेट २९ सेकेन्डमा दुरी पुरा गरेर दोस्रो भए । उनीहरु सबै नेपाल आर्मीका धावक हुन् ।
पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र नीरज भट्ट क्षत्रीको टोली तेस्रो बन्यो उनीहरुले ४ घन्टा २३ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेका थिए । ४ घन्टा २८ मिनेट २६ सेकेन्ड दुरी पार गर्दै विशाल राई, रमेश लिम्बु र इन्द्रकला नेम्वाङको टोली चौथो, पूर्णलक्ष्मी न्यौपाने, खड्गबहादुर खड्का र राजन रोकायाको टोलीले पाँचौं बन्यो ।
टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीयले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौंथोले १ लाख ५२ हजार ८ सय रुपंैयाँ र पाँचौंले ९५ हजार ५ सय रुपंैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त हात पारे । टिम इभेन्टतर्फ १९ र चिनतर्फका ४ टिम तथा च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चिनका २९ जनाको सहभागिता थियो । ६४ चिनियाँ धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले बताए । दौडमा भाग लिन चिनियाँ धावकहरु बिहीबार नै पोखरामा आएका थिए । चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरा आएको हो ।
यस्तै, ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भए । विजेता दुवैले नगद ३०÷३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । छात्रतर्फ कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माविका रमेश बुढा तेस्रो भए । दोस्रो कृष्णले नगद २५ हजार र तेस्रो हुने रमेशले नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
छात्रतर्फ नै जुम्लाका युवकराज बुढा चौथो, कास्कीका अमृत बिक पाँचौ र कास्की तेन्जन रोक्का मगर छैटौं हुँदै जनही नगद १०÷१० हजार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा छात्रातर्फ स्वीकृति कार्की दोस्रो, धनकुटाकी जुही राई तेस्रो भइन् । उनीहरुले क्रमशः२५ र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै कास्कीकी रक्षा फगामी चौथो, कविता मगर पाँचौ र एन्जिला जिटी छैटौं भएर नगद १०÷१० हजारका प्राप्त गरे । उनीहरुलाई शनिबार साँझ आयोजित समारोहमा पुरस्कृत गरियो । सँस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले उक्त दौडको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
२५ औं आदर्श कप
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१