पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले २४ औं वार्षिकोत्सव अवसरमा आइतबार खुला रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रमा ५१ युनिट रगत संकलन भयो । समुदाय प्रहरी साझेदारीअन्तर्गत पोखरा महानगरपालिका वडा ९ को सहकार्यमा संस्थाका सहयोग उपसमिति सदस्य दीपकराज सिग्देलको संयोजकत्वमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले विकास निर्माण कार्यमा सहकार्य हुनुपर्नेमा जोड दिए । त्यसमा टोलवासीले पनि चासो राख्नुपर्ने उनले जोड दिए । उनले सचेतनामूलक कार्यको महत्व प्रकाश पार्दै त्यसमा सहकार्य गर्न वडा कार्यालय तयार रहेको स्पष्ट पारे ।
वडा सदस्य गीता चर्मकारले सामुदायिक सेवा केन्द्रका कार्यहरु अनुकरणीय रहेको औँल्याउँदै त्यसले वडालाई समुन्नत बनाउन भूमिका खेल्ने स्पष्ट पारिन् ।
प्रादेशिक रक्तसंचार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै रक्तदान गर्दा दाताको स्वास्थ्यमा पनि फाइदा पुग्ने धारणा राखे । उनले समयसमयमा रक्तदान गरे मधुमेह तथा मुटुको समस्याबाट केही हदसम्म छुट्कारा मिल्ने जनाए ।
त्यस अवसरमा पोखरा १० का जनप्रतिनिधि पूर्णचन्द्र न्यौपाने, सामुदायिक सेवा केन्द्र बगर अध्यक्ष रामप्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र लेखनाथ अध्यक्ष गंगा खनाल, माटेपानी अध्यक्ष धर्मराज आचार्य, कालिका अध्यक्ष विकल केसी, हङकङ बजार व्यवस्थापन समिति सुरेश श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, साहारा आधारभूत विद्यालयका अध्यक्ष विक्रम थकाली, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, नेवा खलः पृथ्वीचोक अध्यक्ष आनन्द श्रेष्ठ, कृष्ण टोल विकास संस्थाका अध्यक्ष असिम तामाङलगायतले भनाइ राखे ।
सेवा केन्द्र अध्यक्ष कमलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक सिग्देलले स्वागत तथा सचिव उत्तम जोशीले संचालन गरे ।
यसैबीच, संस्थाले आफ्नो वार्षिकोत्सव अवसरमा सोमबार मानव सेवा आश्रम, हेमजामा भोजनदान र मंगलबार पृथ्वीचोकका दीप प्रज्वलन गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१