पोखरा । जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले उनलाई प्रमुखमा नियुक्त गरेको हो ।
व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका बरालले यसअघि निमित्त क्याम्पस प्रमुखसमेत बनेका थिए ।
जनप्रियकै पूर्व विद्यार्थी उनी २०६५ सालदेखि त्यहाँ प्राध्यापन गर्दै आएका थिए ।
नवनियुक्त प्रमुख बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
क्याम्पस प्रमुख बरालले स्वायत्त कार्यक्रमअन्तर्गत विषय थप गर्ने र मानीत विश्वविद्यालय बनाउने लक्ष्य आफूले लिएको बताए । जनप्रियलले त्रिविको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ ।
स्वायत्त कार्यक्रमअन्तर्गत एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँ करिब ४५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१