जाल्पादेवीमा नयाँ समिति

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०८१
jalpa.

पोखरा । जाल्पादेवी महिला उद्धार समूहको २६ औं साधारणसभा तथा नवौं अधिवेशनले दुर्गा अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

साधारणसभाको उद्घाटन पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए । कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुष्मा बराल, समूहका निवर्तमान अध्यक्ष कान्ति अधिकारी, पूर्व अध्यक्ष तथा सल्लाहकार पवित्रा केसी, समूहका संस्थापक अध्यक्ष शारदा सुवेदी, जाल्पादेवी बहुउद्देश्यीय विकास समिति उपाध्यक्ष शान्ति सिग्देल, रेडियो सराङकोटका प्रमुख कृष्ण थापालगायतले बोलेका थिए ।

समूह कोषाध्यक्ष सुनिता बरालले आर्थिक प्रतिवेदन र सचिव अमृता गिरीले कार्यप्रगति विवरण प्रस्तुत गरे । कार्यक्रम संचालन समूहकी सचिव अमृता गिरीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width