लामिछानेलाई १३ दिन म्याद थप

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०८१
ravi lamichne

पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित ४ जनालाई अनुसन्धान गर्न कास्की प्रहरीलाई थप १३ दिनको म्याद अनुमति दिएको हो । जसमा पूर्व डिआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईं अब ७ मंसिरसम्म हिरासत रहने छन् ।

गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई चौथोपल्ट म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइएको थियो । यसअघि, उनलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…
  • दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला…
  • प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको…
  • सहकारी ठगीमा थप एक पक्राउ

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    पोखरा । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेचर…
  • टोपीमा लुकाइएको लागुपदार्थ बरामद

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । लागुपदार्थ सहित कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ । हेमजामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना आधारमा…

hero news full width