नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ 

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८१
nilgiri sahakari
पोखरा । पोखरा–१७, बिरौटास्थित नीलगिरी बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार २६ औं वार्षिक साधारणसभाले पुनः लेखनाथ बराल (गोपी) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संचालक समिति उपाध्यक्षमा तीर्थराज आचार्य, सचिवमा माधवप्रसाद बराल, सहसचिवमा पवित्रमणि पोख्रेल तथा कोषाध्यक्षमा मेनका पौडेल निर्वाचित भए । सदस्यमा भुवनराज बराल, डिल्लीराम पराजुली, नवीन भट्टराई र सरीताकुमारी शर्मा बराल छन् ।
त्यस्तै, गंगाधर पौडेलको संयोजकत्वमा ऋषिराम आचार्य र प्रा.दीपकचन्द्र वाग्ले सदस्य रहेको लेखा समिति पनि गठन भएको छ ।
रामप्रसाद श्रेष्ठ संयोजक तथा यमप्रसाद पौडेल र चिरञ्जीवी पोखरेल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो ।
साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले सहकारी संस्थाहरुमा हाल समस्या रहेको उल्लेख गर्दै समस्या समाधानमा प्रदेश सरकार प्रयत्नशील रहेको सुनाए । उनले संस्थाले सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्नुपर्ने भन्दै सहकारीले वडाका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने संस्कृति सुरु गरेकोमा खुशी व्यक्त गरे ।
पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले वडाका सहकारीबीच सामीप्य रहनुपर्ने स्पष्ट पार्दै रचनात्मक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताइन्।
त्यस अवसरमा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, जिल्ला सहकारी संघका वरिष्ट उपाध्यक्ष छविलाल लामिछाने, पूर्व अध्यक्ष कालिदास पौडेल, विरुवा सहकारी अध्यक्ष शिवराम भण्डारी, वेदविज्ञान पाठशाला छोरेपाटनका प्राचार्य विजयराज आचार्य, शेयर सदस्य सुमित्रा शर्मा, सम्मानिततर्फबाट डा. शुसिल शर्माले भनाइ राखे ।
कार्यक्रमबीच उत्कृष्ट बचतकर्तातर्फ रुकमिणी बराल रेग्मी, पिताम्बर अधिकारी, डिल्लीराम पराजुली, श्यामप्रसाद भुषाल, परिधि आचार्य र पुण्डरीप्रसाद बराल सम्मानित भए । त्यस्तै, ज्येष्ठ शेयर सदस्य टीकाराम सुनार, उत्कृष्ट कर्मचारीको रुपमा लिलाधर पौडेल पनि पुरस्कृत भए।
संस्थाले विद्यार्थी सम्मान पनि गरेको छ । सम्मानित हुनेमा डा. शुसिल शर्मा, डा.सश्यता लामिछाने, सुजन ढकाल, एकता बराल, प्रज्ञाता पोख्रेल, कृति अधिकारी, विनोद रानाभाट, विकल्प गौतम, डा.स्मृति बराल, डा.सुशान्त भट्टराई, प्रशिक्षा बराल, सुस्मिता पोख्रेल, अस्मिता आचार्य छन् ।
यस्तै, पूनम आचार्य, आस्था पोख्रेल, मनीषा शर्मा, प्रशंसा बराल, प्रशिम आचार्य, शालीन घिमिरे, आशुतोष पौडेल, संचित बराल, उत्सवराज आचार्य, प्रमिशा रेग्मी, सुजन अधिकारी र विशेष पहारीलाई पनि शैक्षिक सम्मान गरियो ।
सो अवसरमा सहकारीले वडाका सामुदायिक विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरेको छ । छोरेपाटन माविका आशुतोष पौडेल, पार्दी माविका करिष्मा खड्का, जानकी माविका करुणा श्रेष्ठ र गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालाका सुविन पौडेल सम्मानित भए ।
कार्यक्रमबीच सहकारी अध्यक्ष लेखनाथ बराल, कोषाध्यक्ष पवित्रमणि पोख्रेल तथा लेखा समिति संयोजक कृष्णप्रसाद पौडेलद्वारा प्रस्तुत विषयगत प्रतिवेदनहरु छलफलसहित अनुमोदन भयो ।
संस्था अध्यक्ष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष गंगाधर पौडेलले स्वागत र सचिव तिर्थराज आचार्यले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width