कलम सहकारीको १४ औं साधारणसभा, अध्यक्षमा मनोहरि

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८१
kalam sahakari shree

पोखरा, २४ कात्तिक । पोखरा–९, पालिखेचोक स्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार भएको १४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले अध्यक्षमा मनोहरि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा रमेशराज वराल, सचिवमा लालप्रसाद पाठक, कोषाध्यक्षमा प्रकाश वास्तोला तथा सहसचिवमा वसुन्धरा कोइराला छनोट भए।त्यस्तै प्रेमबहादुर राना, शालिकग्राम देवकोटा, लोकराज दाहाल र चन्द्रदिव्याश्वरी भण्डारीलाई सदस्यको जिम्मेवारी दिइयो।

सभाले किरण वरालको संयोजकत्वमा सरिता गिरी र दीपेन्द्र पोखरेल सदस्य रहेको लेखा समिति पनि चयन गरेको छ ।

सभा उद्घाटन गर्दै पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले समुदायमा आधारित भएर सहकारी संचालन गर्नुपर्नेमा जोड दिर्दै त्यस्ता सहकारी कहिल्यै पनि समस्यामा नपर्ने बताए ।

हाल कतिपय सहकारी नीति तथा विधिबाट नचल्दाँ समस्या आइरहेको स्पष्ट पार्दै समिति अध्यक्ष तिवारीले सहकारीको मर्म भनेकै एकका लागि सबै र सबैका लागि एक भएको भनाई राखे।उनले एक सहकारी एक उत्पादनमा जोड दिर्दै केही तत्व छिरेर नेपालको सहकारी क्षेत्रलाई बद्नाम गर्ने कुचेष्ठा भइरहेकोतर्फ सचेत गराए।

संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले सहकारीले असुरक्षित ढङगले लगानी गर्न नहुनेमा जोड दिर्दै सहकारी संचालनमा संवेदनशील बन्न सुझाए।

सल्लाहकार ऋषिराम शर्मा भण्डारीले वित्तिय क्षेत्र समस्याग्रस्त भएपनि कलम सहकारी निर्वाध कानुनसम्मत अगाडि बढिरहेको स्पष्ट पारे ।उनले कलम सहकारीमा पारदर्शीता रहेको जनाउँदै संस्थामा पुस्तक तथा स्टेशनरी बाहेक अन्य व्यवसायीलाई पनि समेटिएको भनाई राखे।

त्यस अवसरमा सल्लाहकार पुष्पकुमारी आचार्य, लेखापरीक्षक समेत रहेका गौरीशंकर सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल, कास्की बचत तथा सहकारी संघका सचिव मीनराज तिमिल्सीना, राष्ट्रिय सहकारी बैंकका सहायक इन्द्र कुँवर, शेयर सदस्य महिलातर्फबाट पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल, पुरुषतर्फ नविन नापित, पोखरा स्टेशनरी व्यवसायी संघका अध्यक्ष कविन्द्र पोखरेल लगायतले पनि धारणा राखे।

उनीहरुले सहकारीले शेयर सदस्य भन्दा बचत रकम बढाउनतर्फ ध्यान दिनुपर्ने, सहकारी सिद्धान्त तथा मर्मलाई अझ बढी आत्मसात गर्नुपर्ने सुझाउँदै स्टेशनरी ज्ञान आर्जन गर्ने व्यवसाय भएको धारणा राखे । सहकारी मार्फत उद्योग स्थापनाका लागि पहल गर्नुपर्ने उनीहरुको भनाई छ।

कार्यक्रमका बीच शैक्षिक सम्मानबाट प्रल्लाद कोइराला (स्नातकोत्तर), प्रयास पौडेल (स्तानक), सविज्ञा पोखरेल (स्नातक) तथा दश जोड २ तर्फ स्पृहा गिरी र प्रसिद्ध अधिकारी पुरस्कृत भए।

त्यस्तैगरी कलम सम्मानबाट संस्थाका परिकल्पनाकार ऋषिराम शर्मा, जेष्ठ सदस्य समेत रहेका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारीको रुपमा सहायक व्यवस्थापक संगीता पोख्रेल, उत्कृष्ट बचतकर्ताको रुपमा खेमानन्द पोखरेल तथा उत्कृष्ट कारोवारीतर्फ कविन्द्रप्रसाद पोखरेल र अनिल बड्गामी सम्मानित भए।

सहकारीका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले सहकारीको दायरा फराकिलो बनाउन पहल भइरहेको उल्लेख गरे।

त्यस अवसरमा सहकारीका अध्यक्ष पोखरेल, कोषाध्यक्ष प्रकाश गिरी, लेखा सुपरिवेक्षण समिति संयोजक रमेशराज वरालद्वारा प्रस्तुत आ आफ्ना विषयगत प्रतिवेदन छलफल सहित अनुमोदन भए।

सहकारीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मनोहरी सापकोटाले स्वागत, सहसचिव शिवराज बास्तोलाले सात सिद्धान्त वाचन एवम् सचिव राजेन्द्र घिमिरेले कार्यक्रम संचालन गरे।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग