पोखरा । हिमालयन टुरिजम फोरम आयाजना भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा समूहगतमा नेपाली र व्यक्तिगत विधातर्फ चिनियाँ धावकले उपाधि जितेका छन् ।
५० किमीको च्यालेन्ज इन्डिभिजुअल रेस पुरुषतर्फ चिनियाँ धावक एङ ज्याङ जेन प्रथम भए । उनले निर्धारित दुरी ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा पार गरी उपाधि जितेका हुन् । नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो बने । नेपाल आर्मीका बस्नेतले उक्त दुरी ३ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरे । आर्मीकै होमलााल श्रेष्ठले ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । अन्तिम १० मा क्रमशः आर्मीका गोपाल तामाङ, तिलक सुनुवार, गोविन्द कार्की, एपिएफका राजेन्द्र तामाङ, कर्णाली क्लबका दलबहादुर कुँवर, आर्मीका गजेन्द्र राई र सुवास कार्की परे ।
५० किमीको च्यालेन्ज इन्डिभिजुअल रेस महिलातर्फ चिनियाँ धावक झेङ वाङ रोङ विजेता बनिन् । उनले निर्धारित दुरी ४ घन्टा १४ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । नेपालकी कल्पना बुढा दोस्रो भइन् । उनले उक्त दुरी पूरा गर्न ४ घन्टा ५० मिनेट लगाइन् । नेपाल पुलिसकी राममाया बुढा तेस्रो भइन् । उनले ५ घण्टा ८ मिनेट १८ सेकेण्ड लगाइन् ।
सोही इभेन्टमा अन्तिम १० भित्र क्रमशः लाक्पा निङ्मा शेपा, मीनु बुढा, छोकी शेर्पा, नीतु तामाङ, आश्मा विक, यू वी क्यू र ज्ञानु चौधरी परेका छन् ।
उक्त विधामा पुरुष तथा महिला विजेताले १ लाख ५२ हजार ८ सय (८ हजार चिनिया युआन), दोस्रो हुनेले १ लाख १४ हजार ६ सय (६ हजार चिनिया युआन) र तेस्रोले ७६ हजार ४ सय (२ हजार चिनिया युआन) प्राप्त गरे । चौथोदेखि सातौँ हुने खेलाडीले ३८ हजार २ सय, आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीको लागि १९ हजार १ सय पुरस्कार पाए ।
टिम इभेन्टमा भने नेपाली खेलाडीहरु विजेता बनेका छन् । नेपाली टिम सुशीलकुमार शाही, सिर्जना पाण्डे र श्रीकश राई सम्मिलित टिमले ४ घन्टा २० मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर च्याम्पियन बने । नेपालकै टिम करन रावल, नरेन्द्रसिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घन्टा २२ मिनेट २९ सेकेन्डमा दुरी पुरा गरेर दोस्रो भए । उनीहरु सबै नेपाल आर्मीका धावकहरु हुन् ।
पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र नीरज भट्ट क्षत्रीको टोली तेस्रो बन्यो उनीहरुले ४ घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरेका थिए । ४ घन्टा २८ मिनेट २६ सेकेन्ड दुरी पार गर्दै विशाल राई, रमेश लिम्बु र इन्द्रकला नेम्वाङको टोली चौथो, पूर्णलक्ष्मी न्यौपाने, खडगबहादुर खड्का र राजन रोकायाको टोलीले पाँचौं बन्यो ।
५० किलोमिटर दुरीको समूहगत दौड वाराहीघाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहेको थियो । दौड बाराहीघाट, राष्ट्रबैंकचोक, विरौंटा छोरेपाटन, रामदी, फुस्रेखोलाहुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल हुँदै पुनः बाराहीघाट पुगेर समापन भएको हो । प्रतिस्पर्धामा खेलाडीहरुले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गरेको आयोजक हिमालयन टुरिजम फोरमले जनायो । टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीयले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौंथोले १ लाख ५२ हजार ८ सय रुपंैयाँ र पाँचौंले ९५ हजार ५ सय रुपंैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त हात पारेका छन् । प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चिनतर्फका ४ टिम तथा च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चिनका २९ जनाको सहभागिता रहेको थियो ।
६४ चिनियाँ धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले बताए । दौडमा भाग लिन चिनियाँ धावकहरु बिहीबार नै पोखरामा आएका थिए । चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरा आएको हो ।
यस्तै, ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भए । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसैगरी छात्रतर्फ कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माविका रमेश बुढा तेस्रो भए । दोस्रो भएका कृष्णले नगद २५ हजार र तेस्रो हुने रमेशले नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
छात्रतर्फ नै जुम्लाका युवकराज बुढा चौथो, कास्कीका अमृत बिक पाँचौ र कास्की तेन्जन रोक्का मगर छैटौं हुँदै जनही नगद १०/१० हजार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा छात्रातर्फ स्वीकृति कार्की दोस्रो, धनकुटाकी जुही राई तेस्रो भइन् । उनीहरुले क्रमश नगद रु २५ र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै कास्कीकी रक्षा फगामी चौथो, कविता मगर पाँचौ र एन्जिला जिटी छैटौं भएर नगद १०/१० हजारका प्राप्त गरे ।
सँस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले उक्त दौडको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१