लायन्स सिमसारको रक्तदान

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८१
blood

लेखनाथ । महिला मात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५४ युनिट रगत संकलन भयो ।

पोखरामा देखिएको रगतको अभाव मध्यनजर राख्दै क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार पहिलोपटक रगत दिनेहरुलाई केन्द्रित गरी उक्त कार्यक्रम गरेको हो ।

रक्तदानको महत्व र उपयोगिताबारे साथै मधुमेह रोगबारे जानकारी दिने आयोजना गरिएको रक्तदान कार्यक्रमका पहिलो रक्तदाता लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि आईका गभर्नर विनोद ढुंगानाले लायन्स क्लबले हामीभन्दा कम अवसर पाएकालाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको बताए ।

पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदीले लायन्स क्लबले आपत विपतदेखि संकटमा परेका मानिसका लागि सेवा गर्दै आएको र लायन्सले गरेका कामलाई समाजको तल्लो तहसम्म पु¥याउँदै हरेक मानिसमा सामाजिक भावनाको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा शिशुवा स्वाथ्य क्लिनिकका संचालन डा. विद्याभूषण ताम्राकार, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वी आई का एड्भाइजर शैलेन्द्रमोहन भट्टराई र लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी आई का ब्लड डोनेसन चिफ युवराज खनाललगायतले रोग लाग्नु पूर्व नै आफ्नो स्वास्थ्यबारे सचेत रहन आग्रह गर्दै रक्तदानको महत्व र यसले शरीरमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराए ।

लायन्स लेखनाथ सिमसार अध्यक्ष इन्दिरा ओझाको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जानुका पराजुली अधिकारी र संचालन सचिव सञ्जु सुवेदीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग