स्वावलम्बी सहकारीमा यादव

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८१
swavalambi 2 use it

पोखरा । पोखरा १७ स्थित स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले यादवप्रसाद पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चुनेको हो ।

समिति उपाध्यक्षमा ठाकुरप्रसाद पोख्रेल, सचिव लक्ष्मण पोख्रेल, कोषाध्यक्ष उपेन्द्र पोख्रेल छन् । सदस्य मीना अधिकारी जिम्बाल, मायाकुमारी सुवेदी लामिछाने, भगवान् पोख्रेल, दुर्गाप्रसाद अधिकारी, खिमलाल गौतम निर्वाचित भए ।

लेखा समिति संयोजकमा लीलाप्रसाद पराजुली तथा सदस्यमा दुर्गाकुमारी अधिकारी र सृजना अधिकारी छन् ।

बिहीबार साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरेका हुन् । उनले सहकारी भनेको सहकार्यमा समृद्धिको खोजी भएको भन्दै जनताको समृद्धिसहित उन्नत राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गरे । पौडेलले निक्षेप संकलनसँगै संकलित पुँजीको प्रभावकारी परिचालनमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष डा. रामजीप्रसाद पोख्रेल, साना किसान सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेल, नमुना सहकारीका अध्यक्ष भोजराज पौडेल, लेखापरीक्षक रुद्रनाथ पौडेल, शेयर सदस्य मीनादेवी अधिकारी, ईश्वरीप्रसाद पोख्रेलसहितले मन्तव्य व्यक्त गरे ।

सभाले अध्यक्ष भूपराज पोख्रेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ओमप्रकाश लामिछानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सो अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरू लोकमाया पोख्रेल, तोयनाथ अधिकारी र एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी अनुश्कादेवी लामिछाने, १० जोड २ मा उत्कृष्ट नतिजा हासिल गर्ने अञ्जन पराजुली, गोपी अधिकारी तथा उत्कृष्ट कारोबार गर्ने कुलप्रसाद पौडेल, उत्कृष्ट सेयर सदस्य शिक्षा पंगेनी अधिकारीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष भूपराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संचालक समिति सदस्य माया कँुवर लामिछाने र सहकारीका सिद्धान्त पाठ संचालक समिति सदस्य इन्दिरा लामिछाने र संचालन सचिव रुद्रलाल सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width

trending post

ट्रेन्डिङ्ग