पोखरा । पोखरा ९, शिवटोल, बधसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा पक्की शौचालय निर्माण गरिएको छ ।
नेवा नामक संस्थाद्वारा स्थापित शौचालय जीर्ण भई विद्यार्थीलाई प्रयोग गर्न असहजता भएको अवस्थामा पोखरा वडा ९ को ३ लाख र युके निवासी कार्डियोलोजिस्ट डा. प्रिया गुरुङको १ लाखमा उक्त शौचालय पूर्णरुपमा मर्मत गरी शुक्रबार शुभारम्भ भएको छ । पोखरा वडा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले शौचालय शुभारम्भ गरे ।
विद्यालय प्रअ लोचना अधिकारीले बालमैत्री शिक्षामा सुविधासम्पन्न शौचालय निकै नै महत्वपूर्ण हुने धारणा राख्दै सम्पूर्णलाई स्वागत मन्तव्य राखेकी थिइन् ।
वडा कार्यालय र डा. गुरुङको सहयोगमा मर्मत गरिएको शौचालयमा छात्रछात्राका लागि १÷१, अपांगमैत्री शौचालय–१ र हात धुने सुविधा छ ।
वडाध्यक्ष मर्सानीले विद्यालयले पछिल्लो समयमा भौतिक तथा शैक्षिक रुपमा फड्को मारेको देखेर खुसी व्यक्त गर्दै शिक्षा आफ्नो पहिलो प्राथमिकतामा सदैव रहने धारणा राखे ।
विद्यालयका निवर्तमान संयोजक तथा वडा ९ का जनप्रतिनिधि नन्दराम गिरीले विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाउने दायित्वका साथसाथै गुणस्तरीय शिक्षाका लागि पनि सबै पक्ष जिम्मेवार हुँदा उपलब्धि हासिल हुने बताए ।
युवा व्यवसायी तथा समाजसेवी सपना गुरुङले बोलेरभन्दा काम गरेर देखाउने भावना सबैमा भएमा नतिजा उल्लेख्य हुने बताइन् ।
विद्यालयका अध्यक्ष विक्रम थकालीले वडा ९ परिवार, अपुग रकमका लागि पहल गरी दाता खोजीदिने लालकाजी गुरुङ साथै धडा. प्रिया गुरुङलाई धन्यवाद व्यक्त गर्दै उपस्थित सबै अतिथि, दाता, अभिभावक, शिक्षक एवं विद्यार्थीको उपस्थितिले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे ।
विद्यालय शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु लक्ष्मी पहारी, गीता चर्माकार, वडासचिव, सहारा क्लब पोखराका अध्यक्ष, पूर्व अध्यक्षहरु, सहयोगीदाता, विभिन्न टोल विकास, आमा समूह, क्लब तथा संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।
कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा २ सय ६० जना विद्यार्थी छन् ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१