पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८१

पोखरा । पोखरामा शनिबार हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी गरिएको छ ।

पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा फोटो प्रदर्शनी गरिएको हो ।

खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो बनाउन क्रस कन्ट्री प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । उनले प्रतिस्पर्धात्मक खेलकुदको विकासका लागि खेलकुद क्षेत्रका संस्थाको विकासमा जोड दिँदै खेलकुद प्रणाली र अन्य पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य धर्मराज पन्थीले क्रस कन्ट्री प्रतियोगिता र त्यसअवसरमा गरिएको तस्बिर प्रदर्शनीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने विश्वास व्यक्त गरे ।

संग्रहालयका प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले प्रदर्शनीमा विभिन्न ६० वटा तस्बिर राखिएको जानकारी दिइन् । उक्त अवसरमा युनान खेलकुद ब्युरोका तर्फबाट संग्रहालयलाई २ लाख नगदका साथै ३० वटा ‘फोटो स्ट्याण्ड’ हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि बिहीबार चीनको कुनमिङबाट १ सय ३४ जना सहभागी र समर्थक चाटर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका छन् ।

प्रतियोगिताअन्तर्गत चार वटा विधाका दौडमा १ हजार २ सय खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक इ. प्रतीकराज पहारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग