पोखरा । पोखरा–५, पस्र्याङस्थित धारापानी टोल विकास संस्था ‘ख’ ले आफ्नो १६ औं साधारणसभा अवसरमा बिहीबार ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा गजेन्द्रबहादुर खत्री, बालकृष्ण अधिकारी, रामकृष्ण सुवेदी, चन्द्रकला शर्मा, कौशिला गिरी, धर्मी भण्डारी र जीवनाथ शर्मा छन् ।
त्यस्तै, संस्थाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा नेलम्बो नेपालका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी तथा कृषि अधिकृततर्फ नाम निकाल्न सफल स्थानीय सन्तोष अधिकारीलाई पनि सम्मान गरेको छ ।
साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले टोल विकास संस्थाका गतिविधिमा वडाको साथ रहने स्पष्ट पार्दै धारापानी क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि पहल गर्नेपर्ने औंल्याए । उनले टोलटोलको विकास नै वडाको विकास भएको जनाउँदै त्यसले नै समृद्धि हासिल हुने भनाइ राखे ।
त्यस अवसरमा कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षत्री, ज्येष्ठ नागरिक सरोकार मञ्च कास्की अध्यक्ष भक्तराज श्रेष्ठ, गोपालजी गुठी व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी लिगल, निवर्तमान अध्यक्ष धनञ्जय पौडेल, धारापानी पशुपालक कृषि समूहका अध्यक्ष शोभाखर अधिकारी, टोलवासीहरु रामु गिरी, प्रतीक्षा लामिछानेलगायतले टोलवासीको एकतामा जोड दिँदै धारापानी टोलविकास संस्थालाई नमूना बनाउन सबै सरोकारवाला लाग्नुपर्ने औँल्याए ।
संस्थाका अध्यक्ष हरिश्चन्द्र अधिकारीले सबैको साथ सहयोगबाट टोल विकास संस्था क्रियाशिल रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा सुनाए ।
कार्यक्रमबीच अध्यक्ष अधिकारी तथा सचिव सूर्यप्रसाद तिमिल्सीना (पालुवा) द्वारा प्रस्तुत आगामी कार्यक्रमसहितका विषयगत प्रतिवेदन छलफलसहित पारित भएको छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१