पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकसँग प्रवेश गरेवापत लिने शुल्कबाट करिव आधा करोड संकलन गरेको छ । असोज र कात्तिक महिनाको हालसम्म ४८ लाख ४१ हजार रुपैयाँ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । असोज १ गतेदेखि चौतर्फी आलोचना र विरोधका बीच पर्यटकसँग शुल्क लिन थालिएको हो । गाउँसभाबाटै निर्णय गराएर शुल्क लिन थालेको पालिकाले पर्यटन सम्बद्ध संघ संस्थाको आलोचना राम्रैसँग खेप्यो ।
विदेशी पर्यटकसँग १ हजार र नेपालीसँग २ सयका दरले उठाउने निर्णय गरिएको हो । यो अवधीमा ४ हजार ७ सय ७० विदेशी पर्यटकबाट ४७ लाख ७० हजार र ४ सय ८ नेपालीबाट ८१ हजार ६ सय रुपैयाँ संकलन भएको हो । पालिकाले प्रवेश केन्द्र जगतमा कर्मचारी नै खटाएर उनीहरुबाट शुल्क संकलन थालेको हो । ‘ट्रेकिङका लागि आएका पर्यटकबाट मात्रै शुल्क लिइएको छ । अन्य कामले छिर्ने पर्यटकसँग शुल्क लिइएको छैन,’ उनले भने । भरिया र गाइडसँग पनि शुल्क लिइएको छैन ।
यो वर्ष ८० लाख हाराहारी आम्दानी गर्ने लक्ष्य पालिकाको छ । ‘अन्य स्रोत एक रुपैयाँ पनि छैन । भएको स्रोत पर्यटन नै हो । तर पर्यटन पनि मनास्लु संरक्षण क्षेत्रले कब्जा गरेको छ,’ उनले भने, ‘यो वर्षदेखि पालिकाले शुल्क उठाउँछ । पर्यटकीय क्षेत्रको व्यवस्थापन पनि पालिकाले नै गर्छ ।’ संकलित रकम पर्यटकको सुरक्षा, सरसफाईसँगै संकेत बोर्डहरु राख्न प्रयोग गर्ने पालिका अध्यक्ष निमा लामाले बताए ।
‘हामीले पैसा उठाउने मात्रै होइन । त्यसको उचित प्रयोग पनि गर्छौं,’ उनले भने, ‘पर्यटक अल्झिने ठाउँमा संकेत बोर्ड राख्छौं । सरसरफाईमा खर्च गर्छौं ।’
चुमनुब्री क्षेत्र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को क्षेत्रभित्र पर्छ । जसले गर्दा प्राकृतिक स्रोतको उपभोग पालिकाले गर्न पाएको थिएन । एमक्यापले पनि यहाँ छुट्टै शुल्क उठाउँदै आएको छ ।
गण्डकीको एउटा पालिका एमक्याप र १५ वटा पालिका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्छ । संरक्षित क्षेत्रका पालिका प्रमुख उपप्रमुखहरु त्यसको विरोधमा छन् । प्रदेश सरकारले पनि संरक्षण क्षेत्र प्रदेशलाई हस्तान्तरण गर्न माग गर्दै आएको छ । सरकारले गएको वर्ष थप ५ वर्ष म्याद थपिदिएको छ । त्यसको विरोध जनप्रतिनिधि र कर्मचारीहरुले गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१