पोखरा । गुण्डा नाइकेको छवि बनाएका गण्डकीका पुर्व मन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको कैद सजाय सुनाएको छ । २०६९ सालमा पाटन पुनरावेदन अदालत (हालको उच्च अदालत)ले गरेको फैसलालाई सदर गरिदिएको हो । योसँगै मनाङे केही दिन वेपत्ता जस्तै भए । सञ्चार माध्यमहरुले उनी हराएको खवर प्रकाशन प्रशारण गरे । तर मनाङेले आफु फरार नरहेको बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गरी उनले आँफु अदालतको पूर्णपाठ पर्खिरहेको बताएका हुन् । उनले सञ्चार माध्यमले सम्पर्कविहीन भनेर लेखेको समाचार सत्य नभएको भन्दै आपत्ति पनि जनाएका छन् । ‘फैसलाको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ,’ उनले भने ।
मनाङेले सर्वोच्चको पूर्णपाठ आएपछि आँफै अदालतमा उपस्थित हुने बताएका छन् । अदालतमा विचाराधीन मुद्दामा भएको फैसलाबारे आफ्नो कानून व्यवसायी मार्फत जानकारी पाएको उनले बताए । ‘कानून व्यवसायीबाट जानकारी पाएको त छु । तर पूर्णपाठ पाएको छैन,’ उनले भने, ‘पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु ।’ मनाङेको योग्यतासम्बन्धी प्रश्न गर्दै सर्वोच्चमा अर्को रिट पनि विचाराधीन छ ।
उनी विरुद्ध सर्वोच्चको फैसला कार्यान्वयन भए प्रदेश सभा सदस्यको पद रिक्त हुनेछ । मनाङ (ख) मा उपनिर्वाचत गर्नुपर्छ । त्यसका लागि कानूनी प्रक्रिया छन् । सर्वोच्चले पठाएको आधिकारिक जानकारी पाएपछि प्रदेश सभामा जानकारी हुनुपर्छ । नभए सभामुखले सूचना टाँस गरिदिन्छन् । त्यसपछि मात्रै उनको पद रिक्त हुन्छ । ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१