पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ दोस्रोपटक ल्यान्ड भएको छ । चार्टर्ड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस–३१९ पोखरा विमानस्थलमा बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा अवतरण भएको थियो ।
पोखरामा शनिबार हुने तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुदा सुवेदीका अनुसार जहाज चीनको कुनमिङ विमानस्थलबाट चार्टर्ड उडान भरेर आइपुगेको हो ।
सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भरेको थियो । यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो ।
पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किंदा भने काठमाडौं हुँदै फर्किने छन् । पोखराबाट काठमाडौंसम्म यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । पोखरा बसाइँका क्रममा आइतबार चिनियाँ पर्यटकहरुले पोखराको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए ।
पोखरा विमानस्थलमा गत ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ अवतरण भएयता कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन् ।
१७ पुस, २०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेका थिए ।
चीनको एक्जिम बैंकको ऋण सम्झौतामा सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१