कालिका क्याम्पसको ३३ औं सभा

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०८१
kalika campus

पोखरा । कालिका बहुमुखी क्याम्पसको ३३ औं क्याम्पस सभा बिहीबार सम्पन्न भयो । सभाले आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी वर्षको प्रस्तावित बजेट एवं कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

क्याम्पसका पूर्व अध्यक्ष प्रेमकुमारी केसीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आगामी वर्षको लागि ६ करोड ८ लाखको प्रस्तावित बजेट पारित गरेको हो । जसको लागि आगामी वर्ष क्याम्पसमा अनुसन्धान केन्द्र स्थापना गर्नेदेखि पुस्तकालयको बिस्तार र भवन मर्मत सम्भारका कार्यक्रम रहेका छन् ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सिनेटरले क्याम्पसको क्षैक्षिक एवं भौतिक विकासका लागि महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए ।

अध्यक्ष केसीले क्याम्पसले क्युएए प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै क्याम्पसलाई मानीत विश्वविद्यालय बनाउन सबै पक्षको सहयोगको अपेक्षा गरे ।

सभामा क्याम्पस प्रमुख बिरन्जी गौतमले क्याम्पसको प्रतिवेदन एवं भावी कार्यक्रम प्रस्तुत गरे ।

कार्यक्रममा पूर्व प्रमुख बालकृष्ण शर्मा, डा. चन्द्रबहादुर गुरूड, मीनबहादुर गिरी, गणेश पौडेल, प्रेम गौतम, गणेश आले, गोकर्ण कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष बोधबहादुर कार्कीले स्वागत र पूर्व क्याम्पस प्रमुख रवीन्द्र बास्तोलाले धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले गरेका थिए ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की र सदस्य बन्दना केसीलाई बधाई एवं सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग