दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०८१
cricket.

पोखरा । नेपालमै पहिलोपटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले बिहीबार पोखरामा र्‍याली आयोजना गरेको छ । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीको टिमको समर्थन जुटाउन उक्त र्‍याली आयोजना गरेको हो । जसमा पोखरेली क्रिकेटप्रेमीको उल्लेख्य उपस्थिति थियो ।

गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा संघसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाएका थिए ।

राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डाका साथ पोखराको फिसटेल गेटबाट सुरू भएको ¥याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमी, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल,, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक हुँदै पुनः फिस्टेल गेटमा पुगेर सम्पन्न भएको थियो । आयोजकले जोन्टीको साथमा पत्रकार सम्मेलन गरेको थियो ।

पोखरा एभेन्जर्सका चेयरमेन सुवोध त्रिपाठीले नेपाली क्रिकेटमा यूवाहरुको ध्यान खिच्न यस प्रकारका कार्यक्रमहरु महत्वपूर्ण रहेको जनाए । उनले जोन्टीलाई पोखरा ल्याएर यहाँका क्रिकेटप्रेमीको मनोवल उच्च बनाउने कार्य गरेको बताउँदै जोन्टीको नेपाल आगमन र टिममा सहभागिताले टिमको मनोबल समेत उच्च भएको बताए ।

प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले जोन्टी रोड्सको उपस्थितिले समग्र क्रिकेट खेलको विकासमा माहोल बनाउन समेत भूमिका खेल्ने बताए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भूर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् । टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । त्यस्तै, आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।

नेपाल प्रिमियर लिग आगामी १५ मंसिरदेखि ६ पुससम्म संचालन हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग