पोखरा । नेकपा एमाले मनाङको जिल्ला कमिटी अध्यक्षमा पोल्देन छोपाङ गुरुङ चयन भएका छन् । पुर्व सांसद समेत रहेका गुरुङ त्यहाँका स्याउ किसान हुन् । बुधबार सम्पन्न पाँचौ अधिवेसनबाट कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजनबहादुर गुरुङ, उपसचिवमा मीना गुरुङ र छिरिङ गुरुङ चयन भए । सदस्यहरुमा कर्म गुरुङ, कान्छा घले, लोकेन्द्र बहादुर घले, मेलिना गुरुङ, बासुदेव थापा, मैत गुरुङ, मिङमर छिरिङ विष्ट, अर्विन गुरुङ, टिआर गुरुङ सहित ४१ जना चयन भएका प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए ।
अधिवेसनको उद्घाटन गर्दै एमालेका उपमहासचिव तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेलाई जनताको पार्टी बनाउन आग्रह गरे । उनले हाल समाजमा देखिएको अराजकता नियन्त्रणका लागि सरकार गम्भिरतापुर्वक काम गर्ने बताएका छन् । देशमा रहेका संकटग्रस्त सबै सहकारीको छानविन हुने र गल्ती गर्नेलाई दण्ड दिने कुरामा सरकारले दृढ रहेको उनको भनाई छ । ‘दोषीलाई कारबाही हुन्छ । सरकार हातखुट्टा कमाउदैन,’ उनले भने ।
जिल्ला अध्यक्ष कप्ली गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु भीम कार्की, जमिन्द्रमान घले, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१