पोखरा । पोखरामा आजदेखि तेस्रो संस्करणको क्रस कन्ट्री दौड सुरु हुँदैछ । हिमालयन टुरिजम फोरमको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ४ विधामा हुनेछ । ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने आयोजकले जनाएको छ । समूह विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान एक लाख ५२ हजारका दरले पुरस्कार पाउनेछन् ।
विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले ३० हजार पाउने छन् । ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।
प्रतियोगिताले नेपाल र चीनबीचको युुगौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुुका साथै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । अनुमानित तथ्यांक अनुसार नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने गरेका छन् । उनीहरु साहसिक खेलमा रमाउन पोखरा आउने गरेका होटल संघका अध्यक्ष तथा आयोजक समेत रहेका लक्ष्मण सुवेदी बताउँछन् ।
क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकको पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान चार्टर गरेर एक सय ४० जना खेलाडी विहीबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गर्नेछन् । प्रतियोगिताकै क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय संग्राहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
२५ औं आदर्श कप
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१