पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०८१
pokhara airport

भुटानबाट आएको ड्रुक एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै । तस्बिरः राधिका कँडेल/रासस

पोखरा । झण्डै २६ अर्ब लागतमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म एउटा पनि नियमित व्यावसायीक उडान हुन सकेको छैन । विमानस्थल उद्घाटन भएको २ वर्ष पुग्नै लाग्दा हालसम्म चार्टर फ्लाइट मात्रै पोखराबाट भएको छ । विहीबार पुनः चार्टर फ्लाइट गर्न लागिएको छ । पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि चिनियाँ खेलाडी लिएर विहीबार चीनको कुनमिन सहरबाट सिचुवान एयरलाइन्सले पोखरा उडान भर्न लागेको विमानस्थलले जनाएको छ ।

यसअघि पोखरा विमानस्थलमा ७ वटा चार्टर फ्लाइट भएको छ । अन्तिम पटक सन् २०२३ को नोभेम्बर २३ मा हिमालय एयरले चार्टर उडान भरेको थियो । त्यसयता कुनैपनि अन्तर्राष्ट्रिय उडान पोखराबाट भएको छैन । विहीबारको चार्टर विमान पौने ३ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ । उक्त जहाज करिब २ घण्टा पोखरामै बसेर सवा ४ बजे काठमाडौं उड्ने छ । पोखरा आउँदा खेलाडी लिएर आउने जहाज काठमाडौं भने रित्तै फर्किन लागेको हो ।

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक हिमालय एयरलाईन्सले डेमो फ्लाईट गरेको हो । त्यसपछि सिचुवान एयरलाइन्सले पोखरामा भएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी लिएर पोखरा अवतरण ग¥यो । चीनबाटै दुईवटा कार्गो विमानले जाजारकोटमा गएको भुकम्प पीडितलाई राहत सामग्री लिएर पोखरा अवतरण गरेको थियो । त्यसयता हिमालय एयरलाइन्सले विभिन्न समयमा उडान भरेको छ । निकै महंगो खर्चमा निर्माण भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएपछि पोखरेलीहरु चिन्तित छन् । सरकारले उडान हुने विश्वास पनि दिलाउन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width