हेमजा । सोमबार दिउँसो परेको असिनाले अन्नपूर्ण–६, लुम्लेको धानवालीमा क्षति पुर्याएको छ । असिनाले त्यस क्षेत्रको पात्लेखेत, सीम, विरौटा, मुडी विसाउना, ठूलाखेत, चित्रे घुम्ती, सेरा लगायतका ठाउँमा भित्र्याउने बेला भएका धानवालीमा क्षति भएको हो । सोमबार पटक पटक असिना परेर धानवालीमा क्षति पुगेको वडाध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।
किसानले त्यस क्षेत्रमा काठे, रातो, खमल लगायत जातका धान लगाएका छन् । यतिवेला लुम्लेका अधिकाशं घरपरिवार असिना पीडित भएको उनको भनाई छ । ‘करिव ७० प्रतिशत धान झरेको छ । किसान निकै पीडामा छन्,’ उनले भने ।
असिनाले तरकारी वालीमा समेत असर गरेको छ । बेरेला, साग, मुला, धनियाँ, काउली, बन्दा लगायतका अधिकाशं तरकारी नष्ट भएका हुन् । वडा नम्बर ४ सल्यान र ५ नम्बरको झोवाङका किसान पनि असिनाबाट पीडित बनेका छन् ।
असिना प्रभावित क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीको नेतृत्वमा जनप्रतिनिधि र प्राविधिक कर्मचारीले अवलोकन गरेका छन् । अनुगमनका क्रममा धेरै ठाउँको धानवाली अत्यधिक क्षति पुगेको भेटिएको उपाध्यक्ष अधिकारीले सुनाइन् । पालिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिका किसानको पक्षमा रहेको भन्दै क्षतिका आधारमा राहतका लागि पहल गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
देशभर चिसो बढ्दै
हल्का वर्षाको सम्भावना
यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१