पोखराका मेयर–उपमेयर विदेश, वडाध्यक्षलाई कार्यवाहक

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०८१
Moti

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ विदेश भ्रमणमा छन् । मेयर आचार्य संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रमले आयोजना गरेको कार्यक्रम दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी छलफलमा सहभागी हुन इजिप्ट गएका हुन् ।

उपमेयर गुरुङ पारिवारिक भेटघाटका लागि साइप्रस गएकी छन् । दुवैजनाको अनुपस्थितिमा पोखराको कार्यवाहक मेयरको जिम्मेवारी वडाध्यक्ष तथा प्रवक्ता समेत रहेका मोति तिम्सिनालाई दिइएको छ । उनी पनि लामो समय अमेरिका बसेर नेपाल फर्किएका हुन् ।

तिम्सिना यसअघि पनि कार्यवाहक बनेर काम गरिसकेका छन् । २०८० बैशाखमा उनले १ साता कार्यवाहक भएर काम गरेका थिए । पोखराका मेयर आचार्य निकै धेरै विदेश सयर गर्ने गर्छन् । कतिपयले उनको विदेश यात्रा अस्वभाविक भएको भन्दै विरोध पनि जनाइरहेका छन् । आचार्यले चाहिँ विदेश जाँदा महानगरको खर्च नगरेको र व्यक्तिगत खर्चमा गएको दावी गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width