रविलाई १० दिन म्याद थप

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०८१
Rabi

पोखरा । पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनी सहित सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका छविलाल बन्जाडे जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि १० दिनकै म्याद थप गरिएको छ । लामिछानेको म्याद कात्तिक १४ गते सकिएकोमा तिहार विदाले कार्यालय बन्द भएका कारण मंगलबार मात्रै अदालत उपस्थित गराइएको हो ।

लामिछानेलाई दिइएको १० दिनको अवधी कात्तिक १५ गतेदेखि गणना हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ‘१० दिनको म्याद थप भएको आदेश छ । यो कात्तिक १५ गतेदेखि लागू हुन्छ,’ उनले भने । अब उनीहरुलाई २५ गते पुनः अदालत उपस्थित गराइने छ ।

प्रहरीले रविको अनुसन्धान बाँकी भएकाले २५ दिनको म्याद मागेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने विरुद्ध तेस्रो पटक म्याद थपिएको हो । सुरुमा ६ दिन, त्यसपछि ७ दिन म्याद थप भएको थियो । उनी विरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । मधेश र तराईमा छठको चहलपहल रहेकाले उनलाई छठपछि मात्रै बुटवल लैजाने प्रहरी तयारी छ ।

प्रहरीले रविलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार ‘मनी लाउण्डिङ’ को मुद्धा समेत आकर्षित गरिएको छ । ‘लहरोले पहरो तान्ने अवस्था छ । अझै ठूला ठूला व्यक्तिहरु पनि मुछिएका हुन सक्छन्,’ पीडित पक्षीय वकिलको बहसलाई उदृत गर्दै स्रोतले भन्यो, ‘अनुसन्धान अझै गहिराईमा पुग्ने अवस्था छ ।’ रवि पक्षका वकिलहरुले भने अनुसन्धान सकिएकोले तत्कालै रिहा गर्नुपर्ने माग राखेका थिए ।

रास्वपाको प्रदर्शनमा अश्रुग्यास

आफ्ना सभापति पक्राउको विरोधमा सुरुदेखि नै पोखरा केन्द्रित आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी तिहारपछि फेरि पोखरामै ओर्लिएको छ । तिहारअघि काठमाडौं गएको रास्वपा मंगलबार पोखरा आएको हो । रास्वपाले जीरो किलोमिटरदेखि सुरु गरेको प्रदर्शन वाइचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । रास्वपा कार्यकर्ताहरुले वाइचोकमा निषेधाज्ञा तोड्न लागेपछि प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरु वाइचोकबाट सहिदचोक तर्फ जानका लागि जोड गरेकामा प्रहरीले रोकेपछि केही बेर धकेलाधकेल भएको थियो । सोही क्रममा रास्वपा कार्यकर्ताले सादा पोसाकका प्रहरीमाथि कुटपिट गरेका थिए भने केही प्रदर्शनकारी पक्राउ परेका छन् । यसैबीच, जिल्ला अदालतको गेटबाट थप ७ जना समर्थकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width

trending post

ट्रेन्डिङ्ग