पोखरा । करार कर्मचारी हटाउने पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय खारेजीको माग गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु आन्दोलित बनेका छन् । राजनीतिक पुर्वाग्रहका आधारमा करार कर्मचारी हटाउन लागिएको आरोप उनीहरुको छ । पोखरा महानगरको १४ गते बसेको कार्यपालिका बैठकले २८ जना प्राविधिक र ७ जना शिक्षिका तथा सामाजिक परिचालिकालाई मंसिर १ गतेदेखि विदा गर्ने निर्णय गरेको थियो । उक्त बैठक एमालेले बहिष्कार गरेपनि गणपुरक संख्या पुगेपछि निर्णय गरिएको हो । कात्तिक महिनासम्मको तलव र चाडपर्व खर्च दिएर उनीहरुलाई विदा गर्ने निर्णय गरिएको हो । प्रदेश लोकसेवा आयोगले प्राविधिक कर्मचारीहरु स्थायी पदपुर्तिका लागि खटाएपछि करार कर्मचारी हटाउने निर्णय गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
साउन र भदौमा इन्जिनियर र सव इन्जिनियर प्रदेश लोकसेवा आयोगले पठाएको छ । पोखराका करार कर्मचारी हटाउनुपर्ने कांग्रेसको माग छ भने एमाले तत्काल हटाउन नहुने अडानमा छ । एमालेले संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर कनिष्ठताका आधारमा करार कर्मचारी हटाउनुपर्ने बताएको छ । मंगलबार पोखरा महानगरको प्रांगणमा उनीहरुले कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिए । स्थानीय तह कर्मचारी संघका अध्यक्ष रेशम जिसीले निर्णय नसच्याउँदासम्म आन्दोलन निरन्तर गर्ने बताए ।
‘अहिले जसलाई निकालिएको छ, उहाँहरु पनि विज्ञापनबाटै आउनुभएको हो । कसैले भर्ति गरेको होइन,’ उनले भने, ‘अहिले पनि ३५ जना भर्ना गरिएको छ । उनीहरुको जागिर रहने प्राविधिकहरुको मात्रै किन जाने ?’ उनले काजमा आएका कर्मचारीलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा सयौं कर्मचारी काजमा आएर वर्षौंदेखि पोखरामै बसिरहेका उनको आरोप छ । ‘२ महिनाका लागि काजमा आएका पनि ३ वर्षदेखि महानगरमा कार्यरत छन् । उनीहरुलाई फिर्ता गर्नुपर्छ भन्दा वास्तै गरिएन,’ उनले भने, ‘निवृत्त हुन लागेका कर्मचारी जति काजमा आएका छन् । उपदान लगायत सुविधा दिँदा महानगर टाट पल्टिन लाग्यो ।’
एमाले दलका नेता राधिका शाही योगीले महानगरको ३७ औं कार्यपालिका बैठकको निर्णय नस्विकार्ने बताइन् । ‘२४ घण्टा अगाडी एजेण्डा दिनुपर्नेमा एजेण्डा नै नदिइ पुर्वाग्रही रुपमा निर्णय गरिएको छ । यो वैधानिक छैन, खारेजीको माग गर्दछौं,’ उनले भनिन्, ‘२५ औं कार्यपालिका बैठकका निर्णय हुवहु कार्यान्वयन गर्न माग गर्दछौं । संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर जानुपर्छ ।’ पुसमा बसेको २५ औं बैठकले करार कर्मचारीको म्याद अन्तिम पटक ६ महिनाका लागि थप्ने र विस्तारै कर्मचारी हटाउँदै लैजाने निर्णय गरिएको थियो ।
‘करारमुक्त महानगर बनाउनुपर्छ । तर कति कर्मचारी चाहिन्छ भन्ने एकीन त गर्नुपर्ला नि । पोखराको अहिले ३६१ जना मात्रै दरबन्दी छ तर १०५८ जना कर्मचारी कार्यरत छन्,’ उनले भनिन्, ‘करार स्वास्थ्यमा पनि छन् । कृषि, पशुमा पनि छन् । विभिन्न क्षेत्रमा करारमा राखिएको छ । तर राजनीतिक पुर्वाग्रह राखेर २८ जनालाई मात्रै किन हटाइयो ?’ उनले विदाका दिन एमालेको उपस्थिति विना भएको निर्णय नमान्ने सुनाइन् । ‘लक्ष्मीपुजाको दिन विदा हुन्छ । उपमेयर पनि नभएको बेला, दललाई वास्ता नगरी गरिएको बैठकले गरेको निर्णय हामी मान्दैनौं,’ उनले भनिन् ।
एमाले सहित कार्यापालिका सदस्य आफैले सर्वसम्मत रुपमा गरेको निर्णय अहिले कार्यान्वयन हुँदा विरोध गर्न नमिल्ने काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग बताउँछन् । ‘हिजो करार कर्मचारी हटाउने निर्णयमा सबैले हस्ताक्षर गरेका छौं । त्यो कार्यान्वयन गर्नु सबैको दायित्व हो,’ उनले भने, ‘पोखरा करारले भरिएको छ । स्थायी कर्मचारी आएपछि पनि करार राखिरहनुपर्छ भन्नु गलत हो ।’ काँग्रेसले करार कर्मचारी नहटाए महानगरमा तालाबन्दी गर्ने चेतावनी नै दिएको थियो । कानून अनुसार स्थायी दरवन्दीका कर्मचारीको पदमा करार नियुक्त गरेर करार नियुक्ति दिनेकै जायजेथाबाट असुल गर्नुपर्ने नियम छ ।
पोखरामा जनप्रतिनिधि र कर्मचारीकै कार्यकालमा पनि मनपरी करार कर्मचारी भर्ना गरिएको छ । एमालेले बुधबार पनि प्रदर्शन गर्ने जनाएको छ ।
को–को विदा हुँदैछन् ?
निर्णय अनुसार इन्जिनियरहरु ध्रुव भट्टराई, भुवनेश्वर तिमिल्सिना, रामजी प्रसाद त्रिपाठी, रवीन्द्र गोदार, आशिष मल्ल, विकास सुवेदी, विमल आचार्य, विक्रम भट्टराई, राजकुमारी थापा र सुदीप दवाडी मंसिर १ गतेदेखि पदमुक्त हुनेछन् । यस्तै, सव इन्जिनियर अनिलप्रसाद आचार्य, प्रकाश वाग्ले, फातुमा खातुन, शारदा गिरी, विक्रम तिमिल्सिना, दर्पण पोखरेल, अमृत कोइराला, सुन्दर पौडेल, गोविन्द आचार्य, संकल्प ढुंगाना र सन्तोष जिसी पनि सोही दिन विदा हुनेछन् ।
प्रशान्त बराल, सरोज आचार्य, मोहन सिग्देल, सतिश पौडेल, विनोद बास्तोला, रविन्द्रनाथ ओझा, इश्वर तिमिल्सिना पनि विदा हुने सूचीमा छन् । यसबाहेक शिक्षिकाहरु लक्ष्मी अधिकारी, सरस्वती पौडेल, पार्वती केसी, होममाया भुजेल, रेनुका गुरुङ र सामाजिक परिचालिका सविता विश्वकर्मालाई चाहिँ कार्यालय सहयोगीमा जागिर खान चाहे अवसर दिने भएको छ । अन्यथा उनीहरुलाई पनि मंसिर १ देखि विदा गर्न लागिएको छ ।
Related News
सम्बन्धित समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१