पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् ।
होटल संघ पोखरा आयोजनामा आइतबार १७ औं संस्करणको भाइटीका महोत्सव भएको हो । १२ देशका ५६ जना पर्यटकले नेपाली दिदीबहिनीसँग सामूहिक भाइटीका लगाएको संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको महोत्सव संयोजकसमेत रहेका सुवेदीले जानकारी दिए ।
लेकसाइडको होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए ।
सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिएर सेलरोटीलगायतका परिकार पस्किएका थिए । सँगै देउसीभैलो र नाचगान कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए ।
आफ्नो नेपाली नाम लिला राखेकी चिनियाँ एक पर्यटकले भाइटीका लगाउन पाउँदा प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।
महोत्सवमा भारत, चीन, स्पेन, जापान, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, बेलायत लगायतका पर्यटकले भाग लिएका हुन् । यहाँको संस्कृति र रहनसहनबारे जान्ने मौका पाएकोमा पर्यटकले खुसी ब्यक्त गरे ।
घरमा जसरी दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ, त्यही तरिकाले पर्यटकलाई टीका लगाइदिने र तिहारबारे जानकारी दिंदै पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास संघ अध्यक्ष सुवेदीले व्यक्त गरे ।
संघ महासचिव ढकालका अनुसार नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रबद्र्धन गरेका थिए । गोर्खा वियर र इसेवा होटल्सले महोत्सवलाई सघाएका थिए । पर्यटकको उपस्थिति बढेपछि तीन चरण गरेर टीका लगाउनुपरेको थियो।
यसप्रकारका कार्यक्रमबाट संस्कृति संरक्षणसहित पर्यटन प्रवर्धनमा सघाउ पुगेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेल बताउँछन्।
उता, ह्वाइट कोरल स्पा एकेडेमीले पनि भाइटीका अवसरमा पोखरामा फेस्टिभल अफ लाइट आयोजना गरेको संचालक कमला गिरीले बताइन् । कार्यक्रममा करिब १५ जना विदेशी पर्यटकलाई एकेडेमीका छात्राहरूले सप्तरंगी टीका लगाएर नेपाली शैलीको सगुन पस्केका थिए । उनीहरूले फेरि फेरि पनि नेपाल आउँदा भाइटीकामा सहभागी हुने वचन दिएका थिए । लेकसाइड स्ट्रिट नम्बर ११ मा रहेको उक्त एकेडेमी कमला गिरी र निशा बुढाले संचालन गरेका हुन् ।
लेकसाइडकै वरपीपल रिसोर्टले पनि भाइटीका कार्यक्रममा उल्लेख रूपमा विदेशी पर्यटक पुगेका थिए । यो घुम्ने मौषम हो । होटल संघले पनि पर्यटकलाई छुट घोषणा गरेको छ ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१