पोखरा । विद्यार्थीलाई उच्च शिक्षाबारे परामर्श दिने र थप अध्ययनका लागि विभिन्न मुलुकका विश्वविद्यालयमा पठाउँदै आएको तिलिचो कन्सल्टिङ ग्रुपले पोखरामा कर्मचारीलाई प्रशिक्षण दिलाएको छ । काठमाडौं र बुटवलमा कार्यरत कर्मचारीलाई पोखरामा भेला गराएर तिचिलोले प्रशिक्षण दिएको हो।
विद्यार्थीलाई परामर्श कसरी दिने, उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको सोचाँइ, बुुझाइ र अप्ठेरालाई कसरी हल गर्ने भन्ने विषयमा कर्मचारीलाई जानकारी दिलाउने उद्देश्यले प्रशिक्षण दिएको तिलिचो कन्सल्टिङ ग्रुपका संस्थापक प्रताप पन्थीले जानकारी दिए।
तिलिचो कन्सल्टिङ ग्रुपको बुटवलमा प्रधान कार्यालय छ । यसले विद्यार्थीलाई उच्च शिक्षाबारे परामर्श दिँदै आएको छ भने अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा थप अध्ययनका लागि पठाउने पनि गरेको छ।
कम्पनिका व्यवस्थापक ईश्वरी आचार्यका अनुसार लुम्बिनी प्रदेशका कपिलबस्तु, रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै बुटवलमा प्रधान कार्यालय राखिएको छ।
लुम्बिनी प्रदेशका विद्यार्थीलाई परामर्श दिनुका साथै अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि पठाउने गरिएको पनि उनले बताए । कम्पनिले नेपालसहित अस्ट्रेलियामा दुइठाउँमा र क्यानडामा पनि शाखा बिस्तार गरिसकेको छ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१