आजदेखि तिहार सुरु

रासस
कार्तिक १४, २०८१
Kag Tihar

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले मंगलबार धनतेरस अर्थात् धनत्रयोदशी पर्व सुरु भएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास समिति अनुसार यस वर्ष यमदीपदान भने बुधबारदेखि सुरु हुनेछ । काग तिहार बुधबार नै परेको छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनायो । कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिले जनायो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६, शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ ।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रामघाटमा हरिबोधनी एकादशी रौनक

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै…
  • आजदेखि छठ पर्व  सुरु

    रासस कार्तिक २०, २०८१
    जलेश्वर । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै…
  • आज गाई पूजा

    रासस कार्तिक १७, २०८१
    काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ…
  • मंसिरमा कोटी होम हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ९, २०८१
    पोखरा । पोखरामा आगामी मंसिरमा हुने कोटीहोमको तयारी तीव्र पारिएको छ । पोखरा १५, पट्नेरी रहेको अन्नपूर्णेश्व शिवालय शिवशक्तिधाम तथा…
  • मंसिरमा कोटी होम हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ८, २०८१
    पोखरा । पोखरामा आगामी मंसिरमा हुने कोटीहोमको तयारी तीव्र पारिएको छ । पोखरा १५, पट्नेरी रहेको अन्नपूर्णेश्व शिवालय शिवशक्तिधाम तथा…

hero news full width

trending post

ट्रेन्डिङ्ग