पोखरा । लेखनाथ बुमर्सले माछापुच्छ्रे क्रिकेट लिगमा पहिलो जित दर्ता गराएको छ । माछापुच्छ्रे क्रिकेट क्लबद्वारा आयोजित प्रतियोगितामा शनिबार उसले फिष्टेल अपमोष्टमाथि ७ विकेटको जित निकालेको हो ।
टस जितेको फिष्टेलले पहिला व्याटिङ गर्दै २० ओभरमा १ सय ४० रन बनाएको थियो । प्रत्युत्तरमा लेखनाथ बुमर्सले १७.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल ग¥यो । लेखनाथलाई जिताउन प्लेयस अफ द म्याच राजु छन्त्यालले २१ बलमा अविजित २९ रन तथा १ विकेटसमेत लिए ।
फिष्टेलको व्याटिङमा कप्तान दीपेश खत्रीले अविजित ८० रनको पारी खेले पनि पराजय टार्न सकेनन् । ६४ बलको सामना गरेका उनले २ छक्का र १० चौका प्रहार गरे । त्यस्लै सुमित श्रेष्ठले ३१ बलमा २७ रनको पारी खेले ।
लेखनाथका बलर सत्कार चालिसे र प्रदीप तामाङले पनि १/१ विकेट लिएका थिए । लेखनाथको ब्याटिङमा सचिन कुमार यादवले ३१ बलमा ३४ रन, आशीष न्यौपानेले २२ बलमा २३ रन तथा कप्तान प्रदीप तामाङले १० बलमा अविजित १६ रनको योगदान दिए । फिष्टेलका बलर प्रवीण बाबर र प्रमोद बास्तोलाले समान १/१ विकेट लिए । प्रतियोगिताको अर्को खेल तिहार बिदापछि पुनः सञ्चालन गरिनेछ ।
Related News
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि
आइसिसी प्रतिनिधि पोखरामा
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१