पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेशअन्तर्गत जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्नेक्रममा उनी मुस्ताङको कोरला नाकासम्म पुगेका हुन् ।
उनले नेपाल–चीन सिमाना छुट्याउने २४ नम्बर पिलरयताका नेपालका भूभाग निरीक्षण गरे । त्यसअघि, मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जोमसोममा प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपालतर्फका प्रगति विवरण तथा सडक स्तरोन्नतिबारे जानकारी गराएका थिए । उनले चीनतर्फ भव्य भवनलगायत आधुनिक संरचना बनिसकेको जानकारी पनि गराए ।
तिब्बततर्फ भन्सारलगायत कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले बताए । बेनी–जोमसोम र जोमसोम–कोरला सडक स्तरोन्नतिमा ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहजरुपमा खुलाउन सके गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । नेपाल–चीन जोड्ने अन्य नाकाभन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले उक्त नाका नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापारमात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उनले बताए ।
लोमन्थाङ २ का अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीनतर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराए ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा मुक्ति क्षेत्र र कोरला नाका अवलोकन
कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र पोखराका व्यवसायीको पनि विश्वास छ । यो नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने एमाले लोमन्थाङ गाउँपालिका कमिटी अध्यक्ष लाक्पा वाङ्दी गुरुङले बताए । शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड पनि यहीँ रहेकाले मुक्तिनाथ हुँदै यस क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र बन्न सक्ने गुरुङले बताए ।
जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने वारागुुङ मुक्तिक्षेत्र १ का अध्यक्ष प्रमेश गुरुङले बताए ।
प्रदेश प्रमुख भट्टले कोरला नाका यस प्रदेशकै महत्वपूर्ण सम्पति रहेकाले सहज रुपमा खोल्ने र आवश्यक संरचना तथा भन्सार सञ्चालनका लागि नेपाल सरकारको ध्यान रहने बताए ।
प्रमुख भट्टले कोरला नाका अवलोकनका क्रममा त्यस रुटमा पर्ने पर्वतका पुलहरु, बञ्जी स्थल, बागलुङ कालिका भगवती मन्दिर, मुक्तिनाथ मन्दिर, घमीको स्याऊ खेती, लोमन्थाङ गाउँ अवलोकन, नेचुङ नजिकैको पाँचतले शिजा झोङ गुफालगायतको अवलोकन तथा मन्दिर दर्शन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१