लेखनाथ । रक्तसञ्चार केन्द्र पोखरा रगत अभाव भएपछि पेसागत बिमा अभिकर्ता संघ एलआइसी नेपाल शाखा समिति, लेखनाथ आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा २७ युनिट रगत संकलन भयो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र आह्वानमा भएको कार्यक्रममा पहिलो रक्तदाता एलआइसी नेपालका एजेन्सी म्यानेजर बिमल भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले कार्यक्रम उद्घाटन गरेका थिए । उनले जीवन बिमाको क्षेत्रमा काम गर्दै आएको एलआइसी नेपालले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै कल्याणको काम गरेको बताए ।
पेसागत बिमा अभिकर्ता संघ नेपाल एलआइसी नेपाल शाखा समिति लेखनाथ अध्यक्ष सुन्दर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पेसागत बिमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी, सरुवा रोग तथा संक्रामक अस्पताल अध्यक्ष ऋषिराम जमरकट्टेल, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु),पेसागत बिमा अभिकर्ता संघका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर गुरुङ, केन्द्रीय सदस्य रेखादेवी पोखरेल, पेसागत बिमा अभिकर्ता संघ गण्डकी अध्यक्ष नवराज दुरा, एजेन्सी म्यानेजर गोविन्द खड्का, पेसागत बिमा अभिकर्ता संघ एलआइसी नेपाल शाखा समिति पोखरा अध्यक्ष रञ्जना भण्डारी, लेखनाथ शाखाका संस्थापक अध्यक्ष भीमपाणि बराल र वर्तमान उपाध्यक्ष प्रतीक्षा रानाभाटलगायतले रक्तदानको महत्व र उपयोगिताबारे जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग
हाइकिङको ५२औं शृङ्खला
सामुदायिक पृथ्वीचोकको वार्षिकोत्सवमा रक्तदान
पोउवा संघमा मनोहरि मनोनीत
जाल्पादेवीमा नयाँ समिति
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१दीपक मनाङे जेल चलान
कार्तिक २७, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१