पोखरा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनकुमार जोशीले पार्टीमा सबै सुध्रिन जरुरी रहेको बताउँदै कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने बताएका छन् ।
नेपाली कांग्रेस पर्वत–पोखरा सम्पर्क समिति पोखराको दोस्रो अधिवेशनमा बोल्दै उनले नयाँ पार्टी देखावटी रहेको र कांग्रेसको विकल्प अरु हुन नसक्ने बताए ।
पूर्व सांसद नेका नेता ऋषिकेश तिवारीले अनुशासित भई संगठनको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
कांग्रेस गण्डकी प्रदेश सञ्चार विभाग प्रमुख रमेश पौडेलले पार्टीभित्र सकारात्मक सोचको विकास गर्नुपर्ने र अग्रज निष्ठावान् कार्यकर्ताको मूल्यांकन गर्नुपर्ने बताए । गण्डकी प्रदेश सांसद रेखा गुरुङले प्रदेश सरकारको कामबारे बोलेकी थिइन् ।
कार्यक्रममा रामकृष्ण मल्ल, सीता काफ्ले, यज्ञबहादुर थापा, नेपाली कांग्रेस पर्वत उपसभापति डा.चूडामणि शर्मा र शिवप्रसाद सुवेदी, महासमिति सदस्य वसन्त सिके, एमपि भुषाल, पोखरा विश्वविद्यालयका पूर्व रजिस्ट्रार गोविन्द पौडेल, राम शर्मा, फलेबासका मेयर गंगाधर तिवारी, पर्वतका पार्टी गुप्तनिधि शर्मा, अशोक उचै ठकुरी, महाधिवेशन प्रतिनिधि मीना कर्माचार्य लगायत बोलेका थिए । यस्तै, विहादी गाउँपालिका प्रमुख प्रवीण गुरुङ, प्रदेश ‘क’ सभापति राजकुमार क्षत्री, पूर्वसचिव विश्वप्रकाश प्रसाई, पर्वत–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष ओम शर्मा, संस्थाका सल्लाहकार जितबहादुर गुरुङ, उज्ज्वल गुरुङ, साजन परियार, रघुनाथ गौडेल, संस्थाका उपाध्यक्ष डा.गणेश पौडेललगायतले बोलेका थिए ।
अधिवेशनले डा.गणेश पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यस्मिति चयन गरेको उपाध्यक्ष रामप्रसाद भूर्तेलले बताए ।
कार्यक्रम समिति अध्यक्ष बलभद्र शर्माको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पाण्डेसँग अन्तक्र्रिया
दीपक मनाङे जेल चलान
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
एमाले मनाङको अध्यक्षमा पोल्देन
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१