पोखरा । पोखरामा आगामी मंसिरमा हुने कोटीहोमको तयारी तीव्र पारिएको छ । पोखरा १५, पट्नेरी रहेको अन्नपूर्णेश्व शिवालय शिवशक्तिधाम तथा बृहत् धार्मिक क्षेत्र विकास समिति आयोजनामा आगामी १७–२७ मंसिरमा ऐतिहासिक शुक्लागण्डकी विश्वशान्ति विराट महायज्ञ एवम कोटी होम गरिँदैछ ।
पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार पोखरा १५ र १७ जोड्ने गरी शुक्लागण्डकीमाथि दुई ढुंगा जोडिएर बनेको प्राकृतिक पुल ढुंगेसाँघु क्षेत्रको धार्मिक, सांस्कृतिक आध्यात्मिक महत्व उजागर गर्न कोटीहोम हुन लागेको हो ।
पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले आफ्नै वडामा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल उजागर गर्न युवा सक्रिय भएकोमा खुसी व्यक्त गर्दै वडाको तर्फबाट सहयोग रहने बताए ।
लामो समयअघि यज्ञका सकल्पकर्ता गुरु शोभाकान्त ढकालले जुन ठाउँमा बसेर विद्वता प्राप्त गरे, सोही ठाउँको उन्ययनका लागि गरेको संकल्प अब पूरा हुने विश्वास उनले बताए ।
आचार्य कृष्ण दमाईले काठमाडौंको कोटी होमले आफूलाई पुनःजीवन दिएको बताउँदै पोखरामा हुने कोटीहोममा निमन्त्रण पाएकोमा आफू गौरवबोध बनेको जनाए ।
भागवत्मञ्जरी राधा किशोरी माताले देश तथा विदेशमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय वाचकवाचिकाको उपस्थितिमा हुने कोटीहोमले समाजमा विद्यमान विभिन्न विभेद अन्त्य गर्दै धर्म, संस्कार र संस्कृतिको जागरणमा योगदान पुग्ने बताइन् ।
महायज्ञ मुल आयोजक समिति संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानसमेत कमी हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए ।
क्लब अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहास जीवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको प्रस्ट पारे । सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होमको आयोजन गर्न लागेको जानकारी दिए ।
अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जीवन्त पार्ने कोशिसको थालनी गरेको बताए ।
कोटी होम प्रमुख वाचकमा मन्दिर संरक्षक एवम कोटीहोम संकल्पकर्ता शोभाकान्त ढकाल (जयश्री राधे गुरु) सहित भागवत्मञ्जरी राधा किशोरी, आचार्य कृष्ण दमाई, भागवत वाचक अर्जुन गन्धर्व, दि दयाल रेग्मी, पण्डित दीपक सापकोटा, प्राडा नारायणप्रसाद अधिकारी, चैतन्य कृष्ण, लोकानन्द स्वामी, ध्रुव ढुंगानालगायत छन् ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
आजदेखि छठ पर्व सुरु
आज गाई पूजा
आजदेखि तिहार सुरु
मंसिरमा कोटी होम हुँदै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१दीपक मनाङे जेल चलान
कार्तिक २७, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१