स्वास्थ्य संस्थामा शिशु स्वागत घर

रासस
असाेज २९, २०८१
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशुु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुभयो ।
“सुुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक/एक वटा कोठामा शिशुु स्वागत घर बनाएका छौँ”, उहाँले भन्नुभयो, “शय्या, विस्तारा, भाँडाकुँडा र सरसफाइका सामग्री, ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ ।” सात वटा वडाका स्वास्थ्यचौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो ।
धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुुत्केरी हुुनुपर्ने बाध्यता छ ।
गत आर्थिक वर्ष २०८०र८१ मा धवलागिरिमा ९१ जना सुुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुुत्केरी भएका हुुन् । जोखिम मोलेर घरमै सुुत्केरी हुने अवस्था अन्त्यगरी मातृशिशु मृत्युदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीलाई जटिलता भएमा समयमै अस्पताल पु¥याउनका लागि समन्वय गर्न पनि सहज हुने उहाँले बताउनुभयो । धवलागिरिका सातवटै स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ ।
सुरक्षित प्रसूति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रममार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भ परीक्षण गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा, अण्डा, पोषिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा फेरि सहयोग गरेका छन् । धर्मपत्नी सरितासहित सोमबार दोबिल्लास्थित…
  • हाइकिङको ५२औं शृङ्खला

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । हाइकर्स क्लब नेपाल आयोजनामा शनिबार हाइकिङको ५२औं शृङ्खला पोखरा १३ बयरघारीदेखि पोखरा २०, मोहोरियासम्म हाइकिङ गरी सम्पन्न भएको…
  • लोपोन्मुख नाच देखाउँदै प्रज्ञा–प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी लोपोन्मुख नाच प्रदर्शन गर्ने भएको छ । आगामी मंसिरमा १०…
  • मुख्यमन्त्री पाण्डेसँग अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    गैंडाकोट । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ क्षेत्रीय कार्य समिति आयोजनामा मंगलबार गैंडाकोटमा गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रराज पाण्डेसँग अन्तत्र्रिmया…
  • बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    काठमाडौं । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्नेबारे लेखक, प्रकाशक, अनुबादक लगायत…

hero news full width

trending post

ट्रेन्डिङ्ग