पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ ।
संघले सोमबार दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमबीच उनीहरुलाई खेल पोशाक वितरण गरेको हो ।
संघले सञ्चालन गरेको आधारभूत बक्सिङ प्रशिक्षणमा सहभागी पोखराका विभिन्न विद्यालयका ६३ जना प्रशिक्षार्थीलाई पोखरा नयाँबजारस्थित भिए डब्लुका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले प्रायोजन गरेको झण्डै ४५ हजार रुपैयाँ बराबरको पोशाक ५२ जना प्रशिक्षार्थी खेलाडीहरुलाई वितरण गरिएको संघ सचिव बुद्ध गुभाजुले बताए । त्यसमा अपुग रकम आफूले पनि थपेको उनको भनाइ छ ।
उनीहरुलाई पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदाश, नेपाल बक्सिङ संघ गण्डकी अध्यक्ष विद्याप्रसाद मर्सानी, भिएडब्बलु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सरोज श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कावा अध्यक्ष सुरज श्रेष्ठलगायतले पोशाक वितरण गरेका थिए ।
वडाध्यक्ष उदासले प्रशिक्षणले राष्ट्रियदेखि अन्तराष्ट्रिय प्रतियोगितासम्म सहभागिता जनाउन पाउने मौका मिल्ने हुँदा मेहनत खेर जान नदिने गरि सिकाइलाई निरन्तरता दिन आग्रह गरे ।
नेपाल बक्सिङ संघ गण्डकी प्रदेशका अध्यक्ष मर्सानीले प्रशिक्षणले विद्यार्थी र अभिभावकलाई बुझ्ने मौका मिलेको र यसले खेलाडीलाई सक्षम हुन समेत सहयोग पुगेको बताए ।
कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले खेलले मानिसलाई अनुशासित बन्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल क्यूकोसिन कराँते संघ कास्की पूर्व अध्यक्ष ज्ञानेन्द्र माकाजु, बालमन्दिर मावि अध्यक्ष वसन्त कतिला, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कावा अध्यक्ष श्रेष्ठ लगायतले बोलेका थिए ।
संघका कावा अध्यक्ष दिलीप श्रेष्ठ ‘दोषी’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध गुभाजुले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१