पोखरा । पोखरा महानगरपालिका वडा १४ कार्यालयले विजयादशमी, दीपावली, नेपाल संवत् छठ, इद पर्वहरुको उपलक्ष्यमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथिद्वय गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र नन्दकला नेपालीले वडा कार्यालयले वडाभरीका सामाजिक संघसंस्था लगायत राजनीतिक दल, सरोकारवालालाई आमन्त्रण गरी वडाले शुभकामना आदानप्रदान गर्दै भाइचाराको सम्बन्ध प्रगाढ बनाएको खुशी व्यक्त गरे ।
वडाअध्यक्ष बोधबहादुर कार्कीले शुभकामना आदानप्रदानसँगै आफ्नो करिब साढे २ वर्षको कार्यकालमा वडाभरी गरेका कार्यहरु प्रोजेक्टर मार्फत देखाउँदै सबैको सहभागिताले उत्साह बढेको बताए । कार्कीले वडामा गर्ने कार्यमा सबै वडाबासीहरुसँग समन्वय र सहकार्य गर्दै विकासको कार्य अझै तीव्र गतिमा अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा पूर्व सांसद दीपक कोइराला, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र समावेदक प्रवउ मुकुन्द मरासिनी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुधीरजंग थापा, पोखरा उपत्यका नगर विकास समिति सदस्य माया बराल क्षत्री कार्की, वडा १४ का निवर्तमान वडा अध्यक्ष प्रेमबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाली कांग्रेसका वडा १४ का सभापति दिवस कुँवर, नेकपा एमाले १४ का अध्यक्ष कृष्णबहादुर कुँवर, नेकपा माओवादी १४ का अध्यक्ष दुर्गा पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी १४ का अध्यक्ष राजन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन वडा १४ का वडासचिव रामचन्द्र पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग
हाइकिङको ५२औं शृङ्खला
सामुदायिक पृथ्वीचोकको वार्षिकोत्सवमा रक्तदान
पोउवा संघमा मनोहरि मनोनीत
जाल्पादेवीमा नयाँ समिति
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१दीपक मनाङे जेल चलान
कार्तिक २७, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१