पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् ।
मन्त्रालयमा सोमबार राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा उनले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तकसहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् ।
शिक्षामन्त्री भट्टराईले पुस्तक नीतिलाई अन्तिम रूप दिन वृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव संकलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने बताइन् । उनले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने धारणा राखिन् ।
उनले प्रकाशक, लेखक पुस्तक व्यवसायीसहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताइन् ।
मन्त्रालयले राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको हो । मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
अन्तरक्रियामा सांसद मनीष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभइ होटल, रेस्टुरेन्टमासमेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमासमेत पहुँच बढाएर गुणस्तरीय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रीत हुनुपर्ने बताए ।
अन्तरक्रियामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, विभिन्न प्रकाशन, काठमाडौँ उपत्यका सार्वजानिक पुस्तकालयसहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल, डिल्लीरमण रेग्मी पुस्तकालय ,नेपाल राष्ट्रिय पुस्तक तथा विक्रेता संघ, नेपाल सामुदायिक पुस्तकालय संघ, त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल पुस्तकालय सङ्घ, मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति थियो । अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षासहित सुधारका लागि विभिन्न सुभाव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
२०६४ देखि विभिन्न कार्यदल गठन हँुदै मस्यौदा तयार पारिएको भए पनि हालसम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन ।
Related News
सम्बन्धित समाचार
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
एकादशी मेला रौनक, ४ पालिकाले दिए बिदा
रवि लामिछानेलाई १३ दिन म्याद थप
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१दीपक मनाङे जेल चलान
कार्तिक २७, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१