साहित्यकार शकुनको कृति चर्चा

आदर्श समाज सम्वाददाता
असाेज २१, २०८१
sakun gyawali

पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो ।

त्यस अवसरमा प्रमुख अतिथि प्राज्ञ सरुभक्तले शकुन अब गीतकार र गायिका मात्र होइन, मुक्तककारको रुपमा पनि परिचित भएको बताए । देशबाहिर रहेर पनि साधनालाई निरन्तरता दिनु सह्रानीय भएको उल्लेख गर्दै सरुभक्तले कविताको अन्नत विधाको रुपमा मुक्तक लोकप्रिय बन्दै गएको धारणा राखे ।

प्राज्ञ हरिदेवी कोइरालाले रचना र स्वरका माध्यमबाट शकुन सबैको प्रिय बनेकी र उनका रचनामा सकारात्मक सन्देशहरु रहेको बताइन् ।

कृति परिचर्चा गर्दै साहित्यकार असफल गौतमले शकुनका मुक्तकमा देशको व्यथा समेटिएको, विविध र समसामयिक विषय उल्लेख रहेको बताए । साथै जीवनको अर्थ ‘संघर्ष’ हो भनेर बुझाउन स्रष्टा सफल रहेको बताए ।

सोही कार्यक्रमबीच विभिन्न संस्थाले साहित्यकार शकुन ज्ञवालीलाई सम्मान गरे । जसमा त्रिवेणी संगीतकालय, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, लेखनाथ साहित्य प्रतिष्ठान र मुक्तक मञ्च कास्की छन् ।

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै साहित्यकार ज्ञवालीले पोखराले आफूलाई धेरै माया गरेको बताइन् । उनले साधनामा लागिरहने बताउँदै सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखरामा पुरस्कारका लागि १ लाख ५१ हजार रुपैयाँ अक्षयकोष राख्ने घोषणा गरिन् ।

प्रतिष्ठान अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष पदमराज ढकालले स्वागत तथा वरिष्ठ उपाध्यक्ष अभिमन्यू विक्रम राणाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग