पोखरा । पोखरा–नवलपुर सम्पर्क समाज अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् । समाजको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा मणिप्रसाद डुम्रे, मीनबहादुर भण्डारी, सचिवमा शिवप्रसाद न्यौपाने, कोषाध्यक्षमा पूर्णकला रिजाल र सहसचिवमा ताराप्रसाद श्रेष्ठ छन् । सदस्य बालप्रसाद श्रेष्ठ, टकमाया रानामगर, शान्ति पाण्डे चालिसे, सुशीलादेवी भण्डारी र निर्मला बस्ताकोटी चयन भए ।
त्यसअघि, साधारणसभाको समाजका सल्लाहकार डा. पदम श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । उनले नवलपुरबाट अस्थायी वा स्थायीरुपमा पोखरा बसोबास गर्दै आएकाहरुको सुख र दुःखमा साथ दिने उचित कार्यलाई हौसला प्रदान गर्ने र नराम्रा कार्यलाई खबरदारी गर्ने साझा संस्था रहेको बताए ।
गणपति माइक्रो फाइनान्सका सिइओ विष्णु ढकालले नवलपुरवासीलाई परेको प्रत्येक दुःखमा साथ दिन आफू तयार रहेको बताए ।
यस्तै, इ.ओम शर्माले राजनीतिक नभई सामाजिक भावना र भाइचारा सद्भावको लागि संस्था निर्माण गरिएकाले व्यक्तिगत स्वार्थ त्यागी सामाजिक कार्यक्रममा जुट्न सम्पूर्णमा आग्रह गरे ।
निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा समाजको प्रगतिको लागि सदैव अग्रसर रही काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दशैँतिहार लगायतका चाड अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लामिछानेलाई १३ दिन म्याद थप
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ
कलम सहकारीको १४ औं साधारणसभा, अध्यक्षमा मनोहरि
hero news full width
मुख्य समाचार
क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१