पोखरा । मानव मिलन संस्था लेखनाथको शुक्रबार प्रथम अधिवेशनले प्रेम बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा हरिकुमारी पोख्रेल, सचिव गुरुप्रसाद सापकोटा र कोषाध्यक्ष माया बराल छन् । सदस्यमा अप्सरा सुवेदी, कृष्णकुमारी सुनार, खिममाया आचार्य सापकोट, रीमा पोख्रेल, शारदा बराल, जानकी अधिकारी पौडेल, सुवास पौडेल, चन्द्रकान्त अधिकारी, पार्वती भण्डारी, कृष्ण ढकाल र शान्ति ढकाल चयन भए।
कार्यक्रम उद्घाटन गर्दै मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा मानव मिलन संस्था लेखनाथले गरेको कार्यको प्रशंसा गरे । उनले मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा.मणिभद्र मुनिजी महाराजको परिकल्पनाले स्थापित संस्थाले सेवाका कार्यका लाग्न प्रेरणा मिलेको धारणा व्यक्त गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारीले सेवामा तल्लीन संस्थालाई शुभकामना व्यक्त गरिन् ।
सो अवसरमा संस्थाका सचिव गुरुप्रसाद सापकोटाले सचिवको प्रतिवेदन र कोषाध्यक्ष माया बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाका अध्यक्ष प्रेम बरालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक हरिकुमारी पोख्रेलले स्वागत मन्तव्य र सदस्य खिममाया आचार्य सापकोटाले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लामिछानेलाई १३ दिन म्याद थप
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ
कलम सहकारीको १४ औं साधारणसभा, अध्यक्षमा मनोहरि
hero news full width
मुख्य समाचार
क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१