पोखरा, १९ असोज । पाल्पाली समाज पोखराको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित समारोहमा सहभागीले सुख, शान्ति र समृद्धिको कामना गर्दै आपसमा शुभकामना साटासाट गरे ।
समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले चाडपर्वले आपसी भाइचारासहित अझ बढी सम्बन्ध कायम गर्न सघाउ पुग्ने भएकाले यसको महत्व रहेको बताए ।
समाजका पूर्व अध्यक्ष एवं पाल्पा हाउस प्रालि अध्यक्ष कुलप्रसाद घिमिरेले आउँदै गरेका चाडपर्वले सम्पूर्णमा सुखशान्ति ल्याओस् भनी शुभकामना दिए ।
अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेलले पोखरामा पाल्पालीहरुले सम्पर्क समाजका अलावा पाल्पा हाउस, सहकारी तथा पाल्पा कोलोनी समेत बिस्तार गरेका र विभिन्न गतिविधिमा सक्रिय हुने गरेको बताए ।
संस्थाका निवर्तमान अध्यक्ष रेशम रचकले आउँदै गरेका दशैँतिहार लगायत पर्वको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका अध्यक्ष बालचन्द्र परियारले समाजले विभिन्न सन्दर्भमा गर्दै आएका कार्यक्रमअन्तर्गत शुभकामना आदानप्रदान पनि एक भएको बताए । उनले कार्यक्रममा सहभागी सम्पूर्णलाई पनि एकै स्वरमा शुभकामना सन्देश वाचन गराएका थिए ।
अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीधर पराजुली र सञ्चालन महासचिव अञ्जय आत्रेयले गरेका थिए ।
लुम्बिनी प्रदेशको पाल्पा जिल्ला स्थायी घर भई हाल गण्डकी प्रदेश राजधानी पोखरामा विभिन्न पेसा व्यवसायमा आबद्ध पाल्पालीहरुको संस्था पाल्पाली समाज पोखरा हो । यो नै यस क्षेत्रको सबैभन्दा पुरानो सम्पर्क समाज हो ।
Related News
सम्बन्धित समाचार
लामिछानेलाई १३ दिन म्याद थप
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ
कलम सहकारीको १४ औं साधारणसभा, अध्यक्षमा मनोहरि
hero news full width
मुख्य समाचार
क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१