पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ । गत महिना माछा, मासु र दूधमा अनुगमन गरेको पोखरा महानगरपालिकाले विभिन्न खाद्यान्न पसलमा चाडपर्वलक्षित अनुुगमन सुरु गरेको हो ।
शुक्रबार अनुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री बिक्री वितरण गरेको, नापतौल मेसिनसहित पसलको समेत नवीकरण नगरेको, अनुमति नलिई प्याकेजिङ गरेको, मूल्यसूची टाँस नगरेको, लेवल नभएका सामान बिक्रीका लागि राखेकोसमेत भेटिएको छ ।
पोखरा महानगरपालिका उपप्रमुख एवं अनुुगमन समिति संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखरा वडा २, ३ र ८ स्थित विभिन्न ८ पसलमा गरिएको अनुगमनमा त्यस्तो भेटिएको हो । जसमा म्याद गुु्ज्रेका खाद्य सामग्री तथा सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिक माला तथा फूलगुुच्छा जफत गरी ११ हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको महानगर उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । सापकोटाका अनसार दोषीलाई आवश्यक कारबाहीका लागि कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
शुक्रबार विभिन्न ८ पसलमा गरिएको अनुगमनमा ११ हजार मूल्य बराबरको सामग्री नष्ट
अनुगमन टोलीले पोखरा २, नालाकोमुखस्थित भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, मोहरियाटोलस्थित सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा ३ को साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा शुक्रबार अनुुगमन गरेको हो ।
भवानी पूजा सामग्री पसलमा भेटिएको प्रतिबन्धित प्लाष्टिकका माला र फूलका गुुच्छा नष्ट गरिएको थियो भने प्याकेजिङ अनुुमतिपत्र नलिई प्याकेजिङ गरेर बिक्री वितरण गरेको, व्यवसाय नवीकरण नगरेको हुँदा थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यस नजिकैको महालक्ष्मी पूजा सामग्रीबाट १ हजार ५ सय रुपैयाँ बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मूल्यसूची नभएको व्यवसाय दर्ता, नापतौलको दर्ता नभएको, लेवल नभएका सामग्री बिक्री वितरण गरेको पाइएको अनुगमन टोलीले जनायो ।
त्यस्तै, एसएस स्टोर्समा १ हजार ५ सय मूल्य बराबरको म्याद गुुज्रेको आइसक्रिम नष्ट गरियो । उक्त स्टोर्सले प्याकेजिङ तथा ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान बिक्री विरतण गरेको, व्यवसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अर्को, साथी सपिङ सेन्टरमा म्याद गुुज्रेका तेल, मकैको मिठो, दालचिनीको धुलो मसला गरी ४ हजार रुपैयाँ बराबरको खाद्यसामग्री नष्ट गरिएको थियो ।
ओझा किराना पसलबाट बदाम, चोकोज, कुुरकुुरे जिरा, पानीपुरी समेत गरी १ हजार २ सय रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ । गौचन स्टोर्सबाट १ सय ७० बराबरको म्याद गुज्रेको १ लिटर (आधा÷आधा लिटरका) सफल दही जफत गरी नष्ट गरियो ।
पोखरा २ स्थित सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुुज्रेको २ सय ग्रामको पनीर र १ लिटर खानेतेल ६ सय ४० रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ ।
ती पसल सञ्चालकलाई यही २१ असोजमा अनिवार्य रुपमा महानगर कार्यालयमा उपस्थितिका लागि निर्देशन दिइएको छ । चाडपर्व धेरै खाद्य सामग्री खपत हुने भएकाले व्यापारीले उपभोक्ता ठगी गर्न मूल्यवृद्धि गर्ने, म्याद गुुज्रेका सामान बिक्री वितरणका राख्ने, कालोबजारी गर्ने, खाद्य सामग्रीमा मिसावट गर्ने सम्भावना भएकाले विगतमा झैं अनुुगमन गरिएको महानगर उपप्रमुख एवं अनुुगमन समिति संयोजक गुुरुङले बताइन् । महानगरले चाडपर्व लक्षित गरी अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि रविना सुनारले कुनै पनि सामान बिक्री गर्दा त्यो सामान बनेको मिति, म्याद सकिने मिति, यकिन मूल्य तथा कम्पनीको नाम समेत खुलाएर लेवलिङ गर्नुपर्ने बताइन् ।
अनुुगमनमा उपप्रमुख गुरुङसहित महानगरका प्रशासन महाशाखा प्रमुुख कृष्णप्रसाद तिवारी, महानगर उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमाकान्त रेग्मी, गुुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रतिनिधि रघुुनाथ पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि रविना सुनार, महानगर सहकारी तथा उद्योग शाखाका प्रतिनिधि राजुु सुवेदी, महानगरस्तीय राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि हुुमनाथ अधिकारी, पत्रकार एवं प्रहरीलगायतको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१