जनप्रकाश क्याम्पसको २० औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८१
janaprkash

पोखरा । पोखरा २९, भण्डारढिकस्थित जनप्रकाश बहुहुखी क्याम्पसको २०औं साधारणसभा बुधबार सम्पन्न भयो ।

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जीवन परियारले साधारणसभा उद्घाटन गर्दै पब्लिक क्याम्पस देशको गहना भएको हुँदा सबै तहका सरकारले यिनको संरक्षण र दिगो सञ्चालनमा विशेष पहल गर्नुपर्ने बताए । साथै समाज रुपान्तरण र देशको शैक्षिक उन्नयनमा जनप्रकाश बहुमुखी क्याम्पसले पुर्‍याएको योगदानको प्रशंसा गरे । क्याम्पसका हरेक सुखदुःखमा आफू हातेमालो गरी अगाडि बढ्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा पोखरा २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, वडा २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, वडा ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, पूर्व सञ्चालक समिति अध्यक्ष माधव भण्डारी, प्राध्यापक संघका सभापति युवराज लामिछाने, प्रेमकला आचार्य, लक्ष्मण थापा क्षत्रीलगायत बोलेका थिए ।

क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले क्याम्पसको प्रगति प्रतिवेदन तथा लेखा समिति संयोजक सुरेन्द्रराज अधिकारीले क्याम्पसको लेखा प्रतिवेदन पेस गरे ।

सो अवसरमा क्याम्पसले प्रकाशन गरेको जर्नल ‘जनप्रकाश जर्नल अफ मल्टिडिसिप्लेनरी रिर्सच’ विमोचन गरियो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ 

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरा–१७, बिरौटास्थित नीलगिरी बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार २६ औं वार्षिक साधारणसभाले पुनः लेखनाथ बराल (गोपी)…
  • फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरामा शनिबार तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ भएको छ । वाराहीघाटमा आयोजित समारोहमा सँस्कति, पर्यटन…
  • लायन्स सिमसारको रक्तदान

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    लेखनाथ । महिला मात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५४ युनिट रगत…
  • सहारा बाल आधारभूतमा पक्की शौचालय

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरा ९, शिवटोल, बधसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा पक्की शौचालय निर्माण गरिएको छ । नेवा नामक संस्थाद्वारा स्थापित…
  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । पोखरामा शनिबार हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी गरिएको छ…

hero news full width