पोखरा । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१ बाट रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा मंगलबार आयोजित समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उनलाई ५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरे ।
पत्रकारिता माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको वृद्धाश्रम अध्यक्ष कुशुमकेशव पराजुलीले बताए ।
पोखराका शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका प्रजातन्त्र सेनानी एवं पोखरा वृद्धाश्रमका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुली र उनका धर्मपत्नी लीलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।
मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हकअधिकार संरक्षणका लागि प्रतिवद्ध रहेको बताए । उनले ज्येष्ठ नागरिक भगवान्का प्रतीक रहेकाले सधैँ आदर र सम्मान गर्नुपर्ने बताए ।
गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रबन्ध गर्न र अधिकारका लागि आफू प्रतिवद्ध रहेको बताए ।
पुरस्कृत व्यक्तित्व पौडेलले सम्मानले आफ्नो पत्रकारिता कर्ममा ऊर्जा थपेको बताए । उनले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानून कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिनालगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१