पोखरा वडा १२ कार्यालयले थाल्यो अनुगमन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८१
anugaman

पोखरा । पोखरा १२ वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि पोखरामा विशेष बजार अनुगमन सुरु भएको छ ।

वडाध्यक्षको नेतृत्वमा पोखरा १२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यावसायिक स्थलहरुमा अनुगमन गरिएको छ ।

बजारमा अस्वभाविक भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो । यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्नेछ ।

मुख्यरुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको बिक्री वितरण नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

उपभोग्य वस्तको गुणस्तरहीनता र जुनसुकै बाहनामा भइहरको कालोबजारीलाई निरुत्साहित गर्न विशेष अनुगमनका लागि महानगरपालिले वडालाई निर्देशन दिएको थियो । चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ । जका कारण उपभोक्ता मारमा परेका छन् ।

Related News

सम्बन्धित समाचार

  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • साहित्यकार शकुनको कृति चर्चा

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि…
  • प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही

    रासस असाेज २१, २०८१
    काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

hero news full width