पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८१
jewellery expo

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ ।

ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ११–१४ असोजसम्म भएको एक्स्पोमा सांस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टल राखिएको थियो । ती स्टलबाट स्थानीय उद्योग व्यवसायलगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृति प्रदर्शन गरिएको क्लब अध्यक्ष सज्जु व्यञ्जनकारले बताइन् ।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूलनाराका साथ आयोजित कार्यक्रमबाट पाटन दरबार क्षेत्रको प्रचार साथै सो क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले लिएको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । एक्स्पो समापनमा ¥याम्प वाल्कको प्रस्तुति रहेको थियो । कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रोटरी काठमाडौं हेरिटेज, रोट्रयाक्ट पाटन हेरिटेज, रोटरी ललितपुर, रोटरी यल पाटन र रोटरी भरतपुरको सहयोग थियो ।

Related News

सम्बन्धित समाचार

  • फूलपातिमा सराङकोटमा सरुन खेल हुने

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग…
  • रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ । संघले सोमबार दशैँ, तिहार, नेपाल संवत्…
  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…

hero news full width