समाजसेवी माधवप्रसाद बास्तोलाको निधन

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
madhav Prasad Bastola Dies

पोखरा । पोखरा–११ निवासी शिक्षासेवी एवं समाजसेवी माधवप्रसाद बास्तोलाको निधन भएको छ । उनको ६८ वर्षको उमेरमा आइतबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पछिल्लो समय उनलाई ज्वरो र निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पोखरा–११ मा तत्कालीन समयमा लोकप्रिय जनप्रतिनिधि उनको विभिन्न स्कुल, कलेज, अस्पताल, मन्दिर, क्लबलगायत निर्माणमा अतुलनीय योगदान छ ।

शिवशक्ति मावि व्यवस्थापन समितिका सदस्य रहेका माधवप्रसादकै पहलमा स्याउला र खरको छाना हटाएर स्कुलमा टिनको छाना लगाइएको थियो ।

शिवशक्ति क्याम्पस, मणिपाल अस्पताल, मनकामना स्कुल, महाकालेश्वर, सिद्धेश्वर लगायत निर्माणमा उनको विशेष भूमिका रहेको उनका छोरा हरिश्चन्द्र बास्तोलाले स्मरण गरे ।

पतेनी संस्कार भवन निर्माणमा विशेष पहल गरेका उनी फूलबारी क्लबका संस्थापकसमेत हुन् । पोखरा वडा ११ सहित समग्र्र पोखराको विकास निर्माण, शैक्षिक उन्नयनमा उनी दिनरात नभनी लागिपर्थे । स्पष्ट वक्ता, निडर स्वभावका माधवप्रसादलाई चिन्नेजान्नेहरु विकासप्रेमी व्यक्तिको रुपमा चिन्छन् । रुद्रलाल र गंगादेवीका सुपुत्र माधवका श्रीमती, एक छोरा र एक छोरी छन् ।

छोरा हरिश्चन्द्र शिवशक्ति स्कुलका एकाउन्टेन्ट हुन् । श्रीमती टीकादेवी हुन् भने छोरी सावित्री बास्तोला आचार्य र नातिनी मनश्वी, सृष्टि आचार्य, श्रृयान्सी बास्तोला, नाति मन्दीप आचार्य र कृतन बास्तोला छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width