भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
461098748_1212976623329093_6537347472570452859_n

पोखरा, १४ असोज । पोखरा बजारमा नाम्मी गाडी भित्राइएको छ । चिनियाँ कम्पनी डोङफेङ इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले प्रिमियम र स्मार्ट इभी नाम्मीलाई यहाँ सार्वजनिक गरेको हो ।

पोखराका लागि सप्लायर्सको जिम्मा पाएको भट्टराई एण्ड ब्रदर्श सप्लायर्सद्वारा आइतबार आयोजित समारोहमा हाइड्रोपावर व्यवसायी संघ (इप्पान) का पूर्व अध्यक्ष कृष्णप्रसाद आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा.आनन्दमोहन भट्टराई, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, एमएडब्लु वृद्धिका विजनेश हेड प्रशन्न पन्त, भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्तरुपमा नाम्मी इभी सार्वजनिक गरेका हुन् ।

इप्पानका पूर्व अध्यक्ष कृष्णप्रसाद आचार्यले इभी कम्पनीहरु एफ्टर सेल्स सर्भिस र चार्जिङ स्टेसनलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले प्रदूषण नियन्त्रणमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै इभीको प्रयोगमा जोड दिँदै चार्जिङ स्टेसन बनाउन सहुलितय दिनुपर्ने बताए ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा.आनन्दमोहन भट्टराईले विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई र शुभकामना व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले विश्वमै इभीप्रति आकर्षण बढेको र नाम्मीले पनि पोखरेलीको मन जित्न सक्ने विश्वास लिए ।

नाम्मी पोखराका संस्थापक अम्बिका भट्टराईले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभी नाम्मीलाई प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले बिक्रीमात्र नभइ, बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए ।

एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्तले गाडी किन्नुअघि त्यस ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिन सुझाव दिए ।

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नाम्मी इभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । गत महिना काठमाडौंमा नाम्मी इभी नाडा अटो सोमा ७ सय १७ युनिट बुकिङसमेत भएको थियो ।

लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि प्रयोग भएको यसमा स्लिक डिजाइनमा राम्रो सम्मिश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर छ । इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटको सुविधा छ । नाम्मी ई१, नाम्मी ई२ र नाम्मी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म छ । नाम्मीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचर छ । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।

एमएडब्लु वृद्धिले सोमबारै पोखरामा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम आयोजना गर्दैछ । जहाँ ग्राहकले दिपल, सेरस र नाम्मीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सकिनेछ । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउन सक्नेछन् । साथै, अनस्पट फाइनान्सिङ र अनस्पट डेलिभरी पनि लिन सकिनेछ ।

चिनियाँ कम्पनी डोङफेङले विभिन्न सय मुलुकमा आफ्नो बजार बिस्तार गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width