नदीपुरमा क्लबस्तरीय भलिबल सुचारु

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
volleyball

पोखरा । पोखरा नदीपुरको छन्त्याल समाजघरमा आठौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुचारु भएको छ । वर्षाका कारण २ दिन रोकिएको खेल आइतबारदेखि सुरु भएको हो ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । उनले हरेक नेपालीले मन पराउने लोकप्रिय खेल भलिबल भए पनि गण्डकीमा यसको क्रेज अरु प्रदेशभन्दा बढी भएको उल्लेख गरे । उनले गण्डकीमा क्लबदेखि लिएर अन्तर्राष्ट्रियस्तरका खेल हुँदै गरेको जानकारी गराउँदै आगामी दिनमा गण्डकी प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरे ।

प्रदेश खेलकुद परिषद्का सदस्य शुभकन्या गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा टाइगर ग्रुप अप पोखराका उपाध्यक्ष देवेन्द्र केसी, समाजसेवी देवेन्द्र पौडेललगायतको उपस्थिति थियो ।

महिलातर्फ आइतबारको खेलबाट अघिल्लो चरण प्रवेश गरेका टिममध्ये सोमबार ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल टिमबीच प्रतिस्पर्धा हुनेछ । १० बजे टिम बागलुङ र धादिङ स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने केन्द्रका संरक्षक पदम श्रेष्ठले बताए ।

पुरुषतर्फ सेमिफाइनलमा १२ बजे आँधिखोला दिल्ली र गल्कोट स्पोर्टस् क्लब, बागलुङ आमनेसामने हुँदा दिउँसो २ बजे एपिएफ मालेपाटन र नेपाल युथ स्पोर्टस् जापान भिड्नेछन् । फाइनल मंगलबार हुनेछ ।

अशोक थापाले सञ्चालन गरेको तेस्रो चरणको उद्घाटन कार्यक्रममा स्वागत केन्द्र सञ्चालक मनोज खड्काले गरेका थिए ।

कार्यक्रम कुलबहादुर छन्त्याल (कुशल) को अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width